site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुञ्जनले गर्‍यो सम्मान तथा पुरस्कारको निर्णय 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । साहित्यिक संस्था गुञ्जनले यस वर्ष पनि साहित्यकारहलाई सम्मानित एवम् पुरस्कृत गर्ने निर्णय गरेको छ । नारी साहित्यकारहरूको संस्था गुञ्जनले यसै वर्षदेखि नेपाली साहित्यमा विशिष्ठ योगदान दिने साहित्यकारलाई प्रदान गर्नेगरि गुञ्जन साहित्य पुरस्कारको स्थापना गरेको छ । संस्थाले गुञ्जन साहित्य पुरस्कार–२०७६, आख्यानकार परशु प्रधानलाई प्रदान गर्ने निर्णय गरेको छ । यस पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । 

संस्थाले गुञ्जन प्रतिभा पुरस्कार–२०७५, सशक्त कवि सरिता तिवारीलाई प्रदान गर्ने भएको छ भने गुञ्जन बहुभाषी स्रस्टा सम्मान–२०७५, थामी भाषाकी कवि सपना थामीलाई प्रदान गर्ने निर्णय गरेको छ । यी दुई पुरस्कारको राशी क्रमशः १५ हजार र १० हजार रुपैयाँ रहेको संस्थाकी अध्यक्ष हिरण्यकुमारी पाठकले बताइन् । 
गुञ्जनले यसै वर्षदेखि संस्थाका आजिवन सदस्यहरूमध्येबाट एक जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक सम्मान प्रदान गर्ने निर्णय पनि गरेको छ । 

संस्थाले २०७६ सालको जेष्ठ नागरिक सम्मान संस्थाकी आजिवन सदस्य तथा साहित्यकार भद्रा घलेलाई ५ हजार रुपैयाँ राशीसहित प्रदान गर्ने भएको छ । संस्थाकी अध्यक्ष तथा साहित्यकार हिरण्यकुमारी पाठकले बाह्रखरीसँग कुरा गर्दै यही भदौ २० गते गुञ्जनको वार्षिकोत्सवका दिन उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने जानकारी दिइन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC