site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पारस शाह सधैं विवादमा, यस्तो छ शृङ्खला 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विवादास्पद छबि भएका  पूर्वयुवराज पारस शाह  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेका एक प्रहरीमाथि आइतबार  दुर्व्यवहार गरेपछि फेरि विवादमा तानिएका छन् । उनले ड्युटीमा रहेका एकजना प्रहरीको छातिमा धकेलेको भिडियो सार्वजनिक भएको छ । थाइल्यान्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी आमा कोमल शाहलाई बिदाइ गर्न पारस छोरा र भाञ्जालाई लिएर त्यहाँ पुगेका थिए ।

आफ्ना छोरा र भाञ्जालाई प्रहरीले अपमान गरेको भन्दै उनले सो समयमा प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । आइतबार दिउँसो २ बजे त्यस्तो घटना भएको विमानस्थल प्रहरीले जनाएको छ । उक्त विषय प्रहरीले छानबिन गर्ने जनाएको छ । विमानस्थल प्रहरीका डीआईजी सूर्य उपाध्यायले पनि आफूले भिडियो फुटेज हेरेको बताउँदै यसविषयमा के भएको हो भन्ने बारेमा बुझ्ने काम भइरहेको बताए ।

भिडियोमा पारस शाहले ड्युटीमा रहेका सईको छातिमा धकेलेको देखिन्छ ।

Agni Group

पारस उदण्डताको शृंखला

पारस शाह शाहज्यादा हुँदैदेखि मादक पदार्थ सेवन गरेर जथाभावी गर्दै हिँडेको मामिलाले विवादमा तानिने पात्र हुन् ।  शाहज्यादा भएकै समयमा उनले चलाएको गाडीले ठक्कर दिँदा गायक प्रवीण गुरुङको २०५७ साल साउन २२ गते राति काठमाडौंमा मृत्यु भएको थियो ।  राजदरबारमा कार्यरत् तत्कालीन सैनिक सचिव विवेक शाहले ‘मैले देखेको राजदरबार’ नामक आफ्नो पुस्तकमा सो हत्याको घटनालाई ढाकछोप गर्न नक्कली ड्राइभर खडा गरिएको १० वर्षपछि खुलासा गरेका थिए । 

Global Ime bank

पूर्वसैनिक सचिव शाहले लेखेको पुस्तकको १ सय ५० पृष्ठमा भनिएको छ, ‘‘विवाद साम्य पार्न खड्गबहादुर भुजेल नामको ड्राइभर भेट्टाइएको छ । भुजेललाई प्रहरीसमक्ष आत्मसमर्पण गराउने तय भयो ।’’  पारसलाई जोगाउनकै लागि त्यतिबेला नक्कली ड्राइभर अघि सारिएको पाइएको हो । सो रात होटल याक एण्ड यतिबाट निस्किएको गाडीले नारायणहिटीको उत्तरी गेट अघिल्तिर एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । 

मोटरसाइकल चालक गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।   महेन्द्र प्रकृति संरक्षण कोषको नाममा रहेको सो गाडी त्यहाँबाट सीधै महाराजगञ्जस्थित निर्मल निवासमा छिरेको घटना विवरण सार्वजनिक भएको थियो ।  ३० डिसेम्बर १९७१ मा जन्मेका ४७ वर्षीय पारस शाह नेपालको युवराज सन् २००१ मा बनेका हुन् । उनी २००८ सम्म राजतन्त्र उन्मुलन नभएसम्म युवराज थिए । युवराज भएकै बेलामा पनि उनको उदण्डता कायम रहेको थियो । 

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेलामा एकजना गायककी श्रीमतीलाई दुर्व्यवहारको प्रयास गरेको चर्चामा आएको थियो ।

चितवन काण्ड 

११ डिसेम्बर २०१० का दिन पारस शाह तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाईँ रुबेल चौधरीसँग भनाभन भएपछि गोली हान्ने प्रयास गरेको भनेर विवादमा आएका थिए ।  चितवनको एक होटलमा विवाद भएपछि पारसले पेस्तोल ताकेका थिए । त्यसलगत्तै उनलाई त्यहाँबाट पोखरा पुगेको बेलामा प्रहरीले पक्राउ गरेको थियो । 

अधिक मद्यपान जीवनशैलीका कारण उनी सधैँ विवादमा आउने गरेका छन् ।  पक्राउ परेपछि प्रहरीले उनलाई आफ्नो परिवारका सदस्यको अपमान गरिएका कारण आक्रोशमा पेस्तोलबाट हवाई फायर भएको जनाएका थिए ।  सुजाताका ज्वाईँ बंगलादेशी नागरिक रुबेल चौधरीले चाहिं आफूलाई पारसले मार्न खोजेको आरोप लगाएका थिए । 

उनले त्यतिबेला फ्रान्सेली समाचार समिति एएफपीलाई दिएको अन्तर्वार्तामा पारसले राति बाघ हेर्न जंगलमा जाऔं भनेर प्रस्ताव गरेको र आफूले नमान्दा धम्की दिँदै गोली चलाएको आरोप लगाएका थिए ।  रुबेलले सो अन्तर्वार्तामा आफू, पत्नी र बच्चालाई पारसले मार्न खोजेको आरोप लगाएका थिए ।  गोली चलाएर पोखरा पुगेका उनलाई स्थानीय फूलबारी रिसोर्टबाट पक्राउ गरेर सार्वजनिक स्थानमा हतियार प्रयोग गरेको मुद्दा चलाइएको थियो । उनी केही दिनमै छुटेका थिए । 

सन् २००८ मा प्रकृति संरक्षण कोषको सम्पत्ति शाही परिवारले दुरुपयोग गरेको आरोपसमेत लागेको थियो । त्यतिबेला कोष पारसले चलाएका थिए । बाबु ज्ञानेन्द्र कोषका संरक्षक थिए । उनी शाही कालमा गैंडा हस्तान्तरण गर्न अष्ट्रिया पनि गएका थिए । 

तीव्र गतिमा सवारी

उनले अघिल्लो वर्ष तीव्र गतिमा चलाएको गाडी ट्राफिक प्रहरीले रोक्न खोज्दा पनि नरोकि दौडाएपछि थापाथलीमा प्रहरीले समातेको थियो । जावलाखेल चोकमा तीव्र गतिमा रहेको बा १४ प २१३१ नम्बरको उनको गाडी अनियन्त्रित तरिकाले चलेको पाइएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यहाँबाट प्रहरीले बीचमा रोक्ने प्रयास गरेको भए पनि थापाथली चोकमा रहेको ट्राफिक जाममा परेपछि उनलाई पाँच सय रुपैयाँ जरिबाना तिराइएको थियो ।

दरबार हत्याकाण्डका प्रत्यक्षदर्शी

पारस सन् २००१ मा राजपरिवारका ९ जना सदस्यको मृत्यु हुँदाको घटनाका प्रत्यक्षदर्शी केही पात्रमध्येमा पनि पर्छन् । सो काण्डपछि नै उनी युवराज भएका हुन् । २६ अक्टोबर २००१ मा उनी युवराज घोषित भएका थिए । राजतन्त्रको नेपालमा अन्त्य भएसँगै उनको पद पनि सन् २००८मा गएको हो । 

पारसको शिक्षा

प्रारम्भिक शिक्षा सेन्ट जोसेफ कलेज दार्जिलिङ्गमा पाएका पारसले  नेपालमा बुढानिलकण्ठ र ल्याबोरेटरी स्कूल तथा बेलायतका शिलेर इन्टरनेसनल युनिभर्सिटीमा पनि पढेको मानिन्छ । उनले  बिजनेश एडमिनिस्टे«सनमा अन्डरग्राजुएट पनि गरेका थिए । 

विवाह 

भारतको  सिकरको राजपरिवारकी छोरी  हिमानीसँग २५ जनवरी २००० मा उनको विवाह भएको थियो । उनका दुई छोरी र एक छोरा छन् । उनको पत्नी हिमानीसँग पनि त्यति राम्रो सम्बन्ध नभएको बताइने गरेको छ । त्यसैगरी, बाबु ज्ञानेन्द्रसँग पनि उनको राम्रो सम्बन्ध नभएपछि छुट्टै बसेका थिए । पछिल्लो समयमा भने उनले आफ्ना छोराछोरीसहित सामाजिक सञ्जालमा तस्बिर राख्ने गरेका छन् ।

विभिन्न स्थानमा जाँदा उनका समर्थकहरुले पनि बेलाबेलामा स्वागत गरेको समेत देखिने गरेको छ । पत्नीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेको बताइँदै आएको थियो ।  उनी निकट शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘ उहाँको परिवारसँग राम्रै सम्बन्ध भएकै कारण आमालाई पुर्याउन विमानस्थल जानु भएको हो । जे जस्तो अपमान सहेर भए पनि उहाँहरु स्वदेशमा नै बसिरहनु भएको छ । त्यस्तो अवस्थामा उहाँलाई विमानस्थलमा अपमान गर्न नहुने थियो । अपमान गरिएकै कारण उहाँले प्रतिक्रिया जनाउनु भएको हुनुपर्छ ।’’

थाइल्याण्डमा पनि चार पटक पक्राउ

नेपालमा राजतन्त्रको अन्त्य भएपछि उनी थाइल्याण्ड गएका थिए । त्यहाँ लागु औषध सेवनको कारण चार पटकसम्म पक्राउ परेका थिए । उनी पक्राउ परेपछि त्यहाँ हतकडी लगाएको अवस्थामा थाइ सञ्चार माध्यममा तस्बिर समेत छापिएको थियो । उनी पहिलोपटक जुलाई २०१४ मा थाइल्याण्डमा पक्राउ परेका थिए । त्यतिबेला उनलाई छुटाउनका लागि पूर्वराजा ज्ञानेन्द्र नै पनि थाइल्याण्ड गएका थिए । उनको मानसिक अवस्था नै बिग्रेका कारण केही समय स्थानीय सुधारगृहमा पनि राखिएको थियो । 

तीन पटक हृदयघात

पारसलाई अहिलेसम्म तीनपटक हृदयघात भइसकेको छ । पहिलो पटक  ६ सेप्टेम्बर २००७ मा उनलाई हृदयघात भएको थियो भने  थाइल्याण्डमा दोस्रोपटक सन् २०१३ मा  भएको थियो । तेस्रो पटक गएको २८ जनवरी २०१९ मा हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 

थाइल्याण्डमा प्रेम चक्कर 

उनी केहीवर्ष थाइल्याण्डमा भएको बेलामा कन्निका चियार्सन नामकी एक युवतीसँग प्रेममा परेको चर्चा समेत भएको थियो । उनले सामाजिक सञ्जालमा पारससँगको अन्तरंग तस्बिर सार्वजनिक गरेपछि यो विषय चर्चामा आएको हो ।  शनिबार अर्थात् यही अगस्ट १७ तारेखसम्म पारसको तस्बिर सामाजिक सञ्जालमा उनले पोस्ट गरेको पाइएको छ ।

उनले गएको शनिबार मात्रै पोस्ट गरेको एउटा तस्बिरमा अंग्रेजी भाषामा भनेकी छन् ‘‘डन्ट बी सो स्ट्रेस, आइ लभ यु एनिवे” भनेकी छन् । यसले गर्दा अझै पनि उनीहरुबीच सम्बन्ध छ कि भन्ने अवस्था पनि उत्पन्न भएको छ । 

विमानस्थल काण्डप्रति क्षमायाचना

यसैबीच पूर्वयुवराज पारस शाहले गएको आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाप्रति क्षमायाचना गरेका छन् । उनले गएराति सामाजिक सञ्जाल फेसबुकमार्फत् क्षमायाचना गरेका हुन् । आफूले  गरेको काम जनता समक्ष भन्नु जरुरी रहेको उल्लेख गर्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएको र छोराहरुको अनुहारमा प्रहरीको डन्डा देखेपछि सहन नसकेको उल्लेख गरेका छन् । 

त्यसका लागि सम्बद्ध पक्षसँग  ‘क्षमायाचना गर्न चाहन्छु’ भन्दै पारसले आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भएपनि त्यसै गर्ने समेत जनाएका छन् । उनले बाँकी कुरा नेपाली जनतालाई नै निर्णयका लागि आफूले छोड्ने समेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आइतबार उनले प्रहरीलाई विमानस्थलमा धकेलेको भिडियो सार्वजनिक भएको थियो । सो घटनाको बारेमा प्रहरीले छानबिन थालेको बताइएकै बेलामा पारसले मध्यरातमा सामाजिक सञ्जाल मार्फत् क्षमायाचना गरेका हुन् ।

 

पारस निकट रहेका शिवसेना नेपाल काठमाडौंका अध्यक्ष अनिल बस्नेतले पनि पारश शाहले फेसबुकमार्फत विमानस्थलमा भएको घटना विवरण सार्वजनिक गरेको बताए ।

फाइल तस्बिर 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  ०७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC