site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाल र भारतबीचको सीमा खुलामात्र हैन अव्यवस्थित पनि छ । दुवै देशका नागरिक निर्बाध आउनेजाने गर्छन् । सीमामा एकअर्काको देशमा प्रवेश गर्दा अभिलेखसम्म पनि राखिँदैन । त्यसो त पुग न पुग एक हजार आठ सय किलोमिटर लामो खुला सीमामा आवागमनका लागि दुवै देशका नागरिक तोकिएको नाकामात्रमा भर पर्दैनन् । तर दुई देशबीच सीमा त छ र सीमा जनाउने स्तम्भहरू पनि सीमाक्षेत्रमा गाडिएका छन् । दुई देशबीचको सीमाको सुरक्षामा नेपाली पक्ष खासै संवेदनशील नहुँदा त्यस्ता स्तम्भहरू बर्सेनि हराउने गरेका छन् । सीमास्तम्भ गायब बनाउन भारतीय पक्षको त भूमिका हुन्छ नै बेलाबखत प्रकृतिको प्रकोप पनि पर्ने गरेको छ । यस वर्ष आएको बाढीका कारण कपिलवस्तु जिल्लाका केही सीमास्तम्भ ढलेको र भेलले पर पर सारिरहेको समाचार छ ।   

कपिलवस्तुको विजयनगरस्थित चिरई खोलामा जस्तै अन्यत्र पनि बर्खाको पानीले सीमास्तम्भलाई क्षति पुगेको हुनसक्छ । सरकारी पक्षले बेवास्ता गर्दा स्थानीयहरू चिन्तित देखिन्छन् । नेपालतर्फ सीमा सुरक्षाका लागि खटिएकाहरूले यस्ता समस्यामा बेलैमा ध्यान दिँदैनन् । भारतीयहरू आफूलाई नोक्सान नहुने मामिलामा चुप लाग्ने नै भए । सीमा धेरै पर पुगेपछि चासो राख्दा समाधान कठिन हुँदै जान्छ । पहिलो त भारतीयहरूको हेपाहा बानी छ । नेपाली पक्षका तर्कहरूलाई उनीहरूले गम्भीरतापूर्वक लिँदैनन् । दोस्रो, नेपालीहरू पनि पर्याप्त गृहकार्य नगरी वार्तामा बस्छन् र उचित उत्तर दिन नसकेर ‘रातोमुख’ लगाउने अवस्थामा पुग्छन् । कपिलवस्तुको चिरई खोलाले यस वर्ष बगाएको सीमास्तम्भहरू पनि अपवाद बन्ने देखिँदैन । यसैले होला पछि यही कारणले स्थानीय स्तरमा तनाव हुनसक्ने चिन्ता स्थानीयले गरेको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल र भारतबीचको सम्बन्ध धेरै निकट भएकाले जटिलताहरू पनि धेरै नै छन् । भौगोलिक, सांस्कृतिक र सामाजिक कारणले दुवै देशलाई राज्यका स्तरमा पनि निकट बनाएको छ भने जनस्तरको सम्बन्ध त सरकारी व्यवहारबाट प्रभावितै हुँदैन । शासकहरूको रिसले भारतले नेपालमाथि पटकपटक नाकाबन्दी लगाएर जनतालाई दुःख दियो । भारतीय सीमाबाट वैधरूपमा नेपाल सामान भित्रिन नदिइएपछि जनताले अवैध उपाय अपनाएर पनि गुजारा चलाए । नेपाल र भारत दुवै देशका शासकहरूले जनस्तरको यो सम्बन्ध बिर्सनु हुँदैन । सानातिना विषयमा बेलामा ध्यान नदिँदा ठूलो समस्या बन्न पुग्छ । सीमास्तम्भहरूको सुरक्षा पनि यस्तै संवेदनशील विषय हो । अनावश्यक र अनुत्पादक विवाद नबढाउन सीमास्तम्भहरूको सुरक्षालाई दुवै देशले प्राथमिकता दिनुपर्छ ।

कुशल र खारिएको कूटनीतिज्ञ मानिने डा. सुब्रमण्यम जयशंकर विदेशमन्त्रीको हैसियतमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदैछन् । यस अवसरमा हुने औपचारिक र अनौपचारिक दुवै कुराकानी सीमास्तम्भको सुरक्षाको विषय नेपालले उठाउनु उचित हुनेछ ।  सीमास्तम्भको राम्ररी संरक्षण गर्न सके सीमाको संवेदनशील विवादमा अल्झिन पर्नेछैन । भारतले सीमा मिचेको छैन भनेर नेपाली पक्षले भन्नसक्ने अवस्था भएमामात्र दुई देशबीचको सम्बन्ध विश्वासमा आधारित हुनेछ । हस्तक्षेपमा अरू अमूर्त आरोप इतिहासमा अडिन सक्तैनन् ।  मूलतः प्राविधिकहरूको काम भएकाले उच्चतहबाट राजनीतिक इच्छाशक्तिमात्र देखाएपुग्छ । सीमास्तम्भहरूको संवेदनशीलतालाई उपेक्षा नगरियोस् । जमिनसँग भावना जोडिएको हुनाले सीमाको रक्षामा रगत बग्ने गरेको हो भन्ने बिर्सनु हुँदैन । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC