site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आफनो लक्ष्यको लागि चेल्सी छाडेको हुुँः डेविड लुुइज
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । आर्सनलका डिफेन्डर डेविड लुइजले लक्ष्य प्राप्त गर्नको लागि चेल्सी छाडेर आर्सनल आएको बताएका छन् । बीबीसीसँगको कुराकानीमा डिफेन्डर लुइजले लक्ष्य पूरा गर्न आर्सनल आएको उल्लेख गरेका हुन् । 
३२ वर्षीय ब्राजिलीयन खेलाडी लुइजले शनिबार बर्नलीबिरुद्ध खेल्दै आर्सनलबाट डेब्यू गरेका थिए । उक्त खेलमा आर्सनल विजयी भएको थियो । गएको  सिजनमा चेल्सीले यूरोप लिगको फाइनलमा आर्सनललाई पराजित गरेको थियो । युरोपा लिगमा आर्सनल पाँचौं स्थानमा परेको थियो ।
“मसँग लक्ष्य छ, जसकारणले गर्दा मैले चेल्सी छाडेको हुँ । मलाई नयाँ चुनौती मन पर्छ, म जीवनमा केही नयाँ गर्न चाहन्छु” लुइजले भने । नयाँ चुनौतीका लागि तयार रहेको बताएका लुइजले भने, “नयाँ चुनौतीले मलाइ प्रेरित गर्छ र म आनन्दका साथ आत्मसात् गर्छु ।” 
चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले चेल्सीमा सधैं खेल्नको लागि राख्न नसक्ने बताएपछि लुइज आर्सनलमा गएका हुन् । लुुइज आर्सनलका प्रशिक्षक इम्रीको प्रमुख खेलाडीको रुपमा हुनसक्ने आशा गरिएको छ । नयाँ सिजनमा आर्सनलले २ खेल जितिसकेको छ ।
“सबैलाई थाहा छ म चेल्सीमा निकै खुशी थिएँ, मैले चेल्सीमा निकै ट्रफी  जितेको छु । लाम्पार्डलाई म सम्मान गर्छु, चेल्सीलाई लिएर लाम्पार्डको छुट्टै योजना रहेको छ । मलाई नयाँ अवसरको लागि मौका दिने चेल्सीलाई म सम्मान गर्छु । उसले अवसर दिएर मैले नयाँ चुनौतीको सामना गर्न पाएको छु,” लुुइजले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC