site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्डी मुुरे एकलमा उचित गति प्राप्त गर्ने पर्खाइमा 
Sarbottam CementSarbottam Cement

एजेन्सी । बेलायती टेनिस स्टार एन्डी मुरेले एकलमा केही सुधार प्राप्त गर्न सक्ने बताएका छन् । बीबीसीका टेनिस संवाददाता रुसेल फुलरसँगको कुराकानीमा मुरेले आफ्नो खेलमा सुधारको अपेक्षा गरेको उल्लेख गरेका छन् । 

हिपको सर्जरीपछि मुरे दोस्रो एकल खेल खेल्दैछन् । मुरेले गएको साता पहिलो एक खेल खेलेका थिए । जुन अस्ट्रेलियन ओपनपछि पहिलो थियो । उक्त खेलमा मुरे ६–४, ६–४ ले रिचार्डसँग पराजित भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यूएस ओपनमा मुुरेले डबल नखेल्ने निर्णय गरेका छन् । आजराति उनी विन्सटन सलिममा अमेरिकन टेनिस सान्डग्रेनसँग खेल्दैछन् । “सबै खेलहरु यो स्तरमा कठिन छ । अप्रेसनले गर्दा म राम्रोसँग खेल्न पाएको छैन । एकलबाट म निकै टाढा छु । धेरै आशा गरेको छैन, तर म प्रयास गर्न चाहन्छु । त्यसैले केही खेल खेलेर म आफ्नो गति बढाउन चाहन्छु,” मुरेले भने ।

मुरे २८ वर्षीय सान्डग्रेनसँग खेल्दैछन् । सान्डग्रेन सन् २०१८ को अस्ट्रेलिया ओपनमा क्वार्टर फाइनलसम्म र विम्बल्डनमा चौथो राउन्डसम्म पुगेका थिए । मुरेले सान्डग्रेनको बारेमा भने, “उनी अमेरिकाको कडा कोर्टबाट निकालिएका खेलाडी हुन् र उनी निकै नै तिव्र छन् । उनी युवा छँदा मैले उनीसित हल्का अभ्यास गरेको छु ।” प्रतिस्पर्धामा भने यी दुई खेलाडी पहिलो पटक भिड्न लागेका हुन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC