site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा साउदी अरबले किन गर्दैछ ठूलो लगानी ?
Ghorahi CementGhorahi Cement

१४ अगस्टमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान प्रशासित काश्मीरको मुजफ्फरावादमा संसदलाई सम्बोधन गर्दै भनेका थिए– काश्मीरको मुद्दामा विश्वभरका सवा अर्ब मुसलमान एकजुट छन् तर दुर्भाग्य ! शासक चुप छन् । 

काश्मीर मुद्दामा इमरान खानले मुस्लिम देशहरुसँग लामबद्ध हुन लगातार आग्रह गर्दै आएका छन् । तर, यसैबीच भारतीय अर्बपति मुकेश अम्बानीले साउदी अरबको तेल कम्पनी ‘अरामको’ अहिलेसम्मकै धेरै लगानी भारतमा गर्न लागेको घोषणा गरेका छन् । 

साउदीको सरकारी कम्पनी ‘अरामको’ को नियन्त्रण किङ सलमानको रहेको छ । यो घोषणा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको इच्छाको ठिक विपरीत हो । 

Agni Group

कुनै समय थियो, तेललाई हतियारका रुपमा प्रयोग गरिन्थ्यो । १९७३ मा साउदीले इजरायललाई समर्थन गर्ने देशहरुमा तेलको आपूर्ति बन्द गरिदिएको थियो । जसबाट अमेरिका साउदीसँग अत्यन्तै रिसाएको थियो । त्यसपछि साउदीले तेलको त्यस्तो प्रयोग कहिल्यै गरेको छैन । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रायजसो ‘मुस्लिम वर्ल्ड’ को जिकिर गरिरहन्छन् । तर, साउदी अरबका लागि भारतीय राजदूत तलमीज अहमद भन्छन्– ‘मुस्लिम वर्ल्ड’ यथार्थमा छँदै छैन । 

Global Ime bank

उनी भन्छन्, “जब हामी मुस्लिम वर्ल्ड भन्छौं यस्तो लाग्छ कि कुनै एकीकृत र एकजुट दुनियाँ छ, जसमा सबै मुस्लिम देश छन् । जुन हुँदै होइन, किनभने दुनियाँको राजनीति मुनाफाका आधारमा अगाडि बढिरहेको छ न कि धार्मिक समानताका आधारमा ।”

‘फाइनान्सियल टाइम्स’का अनुसार १९ फेब्रुअरीमा भएको साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको दुई दिने औपचारिक भ्रमणका दौरान मुकेश अम्बानीको भेट भएको थियो । अम्बानीको फ्लाइट मुम्बईमा ‘डिले’ हुँदा सलमानले प्रतिक्षा पनि गरेका थिए । 

यसै भेटघाटमा साउदीको तेल कम्पनी ‘अरामको’ र अम्बानीको कम्पनी ‘आरआईएल आयल–टु–केमिकल’ बीच ‘डिल’ को सुरुवात भएको थियो । 

अहिलेसम्मकै सबैभन्दा बढी ‘एफडीआई’

संयुक्त राष्ट्र संघको व्यापार प्रतिवेदनअनुसार गत वर्ष भारतमा कुल प्रत्यक्ष विदेशी लगानी अर्थात् ‘एफडीआई’ ४२ अर्ब डलर आएको थियो । २०१७ मा यो रकम ४० अर्ब डलर थियो । 

गत साता (१२ अगस्ट) मा एसियाका सबैभन्दा धनी व्यक्तिसमेत रहेका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले आप्ना सेयरधनीहरुको वार्षिक बैठकमा साउदीको तेल कम्पनी ‘अरामको’ ले ‘आरआईएल आयल–टु–केमिकल’ को २० प्रतिशत सेयर खरिद गर्न लागेको घोषणा गरेका थिए । जसलाई भारतमा इतिहासकै सबैभन्दा ठूलो लगानी बताइएको छ । 

‘आरआईएल आयल–टु–केमिकल’ ७५ अर्ब डलरको कम्पनी हो । यसको २० प्रतिशत शेयर ‘अरामको’ ले खरिद गर्न लागेको छ । अर्थात् ‘अरामको’ १५ अर्ब डलर लगानी गरिरहेको छ । 

साउदीको यति ठूलो लगानी किन ?

मुकेश अम्बानीको ‘रिलायन्स’ र ‘अरामको’ को ‘डिल’ लाई विश्वको ठूलो तेल उत्पादक देश साउदी अरब र सबैभन्दा बढी ऊर्जा उपभोक्तामध्येको एक भारतबीच अत्यन्तै महत्वपूर्ण मानिएको छ । 

‘अरामको’ विश्वको सबैभन्दा बढी मुनाफा कमाउने कम्पनी हो । गत वर्ष ‘अरामको’ ले १११.१ अर्ब डलर मुनाफा कमाएको थियो । यसअघि यो उपलब्धि ‘एप्पल आईफोन’ को नाममा थियो । २०१८ मा ‘एप्पल’को कमाई ५९.५ अर्ब डलरमात्रै थियो । 

यसका साथै अन्य तेल कम्पनीहरु ‘रोयल डच शेल’ र ‘एक्सोन मोबिल’ पनि यो दौडमा धेरै पछाडि छन् । अर्कोतर्फ मुकेश अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । भारतमा उनको कारोबार कैयौं क्षेत्रमा फैलिएको छ । यसकारण पनि दुबैको गठजोडलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ । 

साउदीले भारतमा यति ठूलो लगानी किन गर्यो ? यो लगानी कसको हकमा बढी छ ? यि सवालहरुको जवाफमा तेल इन्डस्ट्रीको अर्थव्यवस्थालाई नजिकबाट नियाल्ने वरिष्ठ पत्रकार परञ्जोय गुहा ठाकुरता भन्छन्, “साउदी या खाडीका देशहरुका लागि एसिया नै बजार हो । पश्चिममा तेलको बजार साँघुरिदै गएको छ । यस्तो अवस्थामा भारतमा ठूलो लगानीले आश्चर्यचकित पार्दैन । तर, यो लगानी भारतको हकमा छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC