site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यु–१५ टोली भारत प्रस्थान  
Sarbottam CementSarbottam Cement

काठमाडौं । यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज भारत प्रस्थान गरेको छ । सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको २३ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । साफ च्याम्पियनसिप बुधबारबाट भारतको काल्यानीमा हुँदैछ । 

करिब १० दिनसम्म चल्ने च्याम्पियनसिपमा ५ टोली सहभागी हुँदैछन् । पाकिस्तान र माल्दिभ्स सहभागी नभएको यस प्रतिस्पर्धामा आयोजक भारतसहित भुटान, बंगलादेश, श्रीलंका र नेपाल सहभागी छन् । नेपालले पहिलो खेल आयोजकसँग भारतसँग नै खेल्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो खेल श्रीलंकासँग खेल्ने नेपालले तेस्रो खेल बंगलादेश र अन्तिम खेल भुटानसँग खेल्नेछ । ५ देशका उत्कृष्ट दुई टोली फाइनलमा पुग्नेछन् । 

नेपाली टोली

Global Ime bank

गोलकिपरः ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी 
डिफेन्डरः प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी,जान लिम्बु र रोसन थापा 
मिडफिल्डरः जन्मजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाई 
फर्वाडः  किसन अधिकारी यादव, कृष्ण सापकोटा, सगुन जिमी र शशांक बोहरा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC