site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हाँडीगाउँको पर्यटकीय पूर्वाधार विकासमा मेयरको चासो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वलिच्छविकालीन सांस्कृतिक सम्पदाको महत्वपूर्ण क्षेत्र हाँडीगाँउको सांस्कृतिक सम्पदा उत्खनन्, विकास र निर्माणमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । हाँडीगाउँमा आइतबार आयोजित ‘हाँडीगाउँको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन एवम् विकासका लागि आयोजित कार्यशाला गोष्ठी’ मा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले हाँडीगाउँको प्राचीन महत्वलाई पर्यटनसँग जोड्न महानगरबाट आर्थिक र प्राविधिक सहयोग हुने बताए ।
“सहरी योजनामा युवा इन्जिनियरहरु हुनुहुन्छ । आवश्यक डिजाइन वहाँहरुसँग बनाएर यहाँको विकासका लागि आर्थिक सहयोग चाहिए वडाध्यक्षमार्फत योजना लिएर आउनोस्,” मेयर शाक्यले भने ।

हाँडीगाउँ उपत्यकाकै प्राचीन ऐतिहासिक र सांस्कृतिक स्थान हाँडीगाउँमा भएका सत्यनारायण परिसरमा प्राचीनबस्ती र पूर्वलिच्छविकालीन मन्दिरहरु भएको प्रमाण पाइने हुँदा यसको उपयोगितामा पनि ख्याल गर्नुपर्ने मेयर शाक्यले बताए । 
“जुन सम्पदा जुन प्रयोजनका लागि बनाइएको हो । प्रयोग पनि त्यसैका लागि गर्नुपर्छ । हामी यस विषयमा गम्भीर बन्नुपर्छ,” सम्पदा क्षेत्रमा भएका पाटी तथा सत्तल भाडामा लगाएर पैसा उठाएको देखेको उल्लेख गर्दै मेयर शाक्यले भने, “सम्पदा जोगाएर पर्यटन विकासका लागि प्रवद्र्धनात्मक काम गर्ने र यस कामसँग स्थानीयको आय हुने कार्यक्रम सञ्चालन गरिनेछ ।”

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा प्रदेशसभा सदस्य नारायण सिलवालले हाँडीगाउँका सम्पदाको पुनर्निर्माणका लागि प्रदेश सरकारकाबाट आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यहाँका सम्पदा पूनर्निर्माणमा मौलिक सामग्रीलाई प्राथमिकताका साथ राखेर गुरुयोजना बनाउन सुझाव दिए ।

कार्यक्रममा स्थानीय जानकारले आजभन्दा ४० बर्ष अघि यस वडामा ९ वटा पोखरी रहेकोमा हाल एउटा बाँकी रहेको, ५ वटा ढुङ्गेधारामा एउटा बाँकी रहेको, चोक चोकमा इनार रहेकोमा हाल मालीगाउँमा एउटा मात्र बाँकी रहेको बताएका थिए । 
विभिन्न समय र पर्वमा १४ प्रकारका बाजा बजाइनेमा हाल ११ प्रकारका बाजामात्र सञ्चालनमा रहेको बताए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC