देश
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले टिमुरेस्थित रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ । गएराति आएको बाढीले पुल बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार चीनको केरुङ क्षेत्रमा भएको भारी वर्षाका कारण भोटेकोशीमा पानीको बहाव बढेको थियो । रसुवा प्रहरीका डीएसपी भोगेन्द्रपुरुष ढकालले भने, ‘‘नेपालतर्फ पानी त्यति थिएन । राति एक्कासि भोटेकोशी बढेपछि स्थानीयलाई सुरक्षित रहन भन्यौं । बेलीब्रिज बगेको छ । त्यसले जनजीवनमा असर त पार्दैन तर जलविद्युत् आयोजनालाई भने असर गर्छ ।’’ बेलीब्रिजबाटै आयोजनाले निर्माण सामग्री लैजाने गरेको थियो । रसुवागढी–केरुङ जोड्ने सडक भने सुचारु रहेको डीएसपी ढकालले बताए ।
फाइल तस्बिर
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६ ११:१८
प्रतिक्रिया दिनुहोस्