site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सेन्जेन, हङकङ र मकाउलाई एकीकृत रुपमा विकास गर्ने चीनको नयाँ निर्देशिका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ । चीनको स्टेट काउन्सिलले दक्षिणी शहर सेन्जेनको हङकङ र मकाउसँग एकीकृत विकास कार्यक्रमको घोषणा गरेको छ ।  तीनवटै शहरको संस्कृति र अर्थतन्त्रलाई पनि सँगै लग्ने तयारी गरिएको जनाइएको छ । एशियन फाइनान्सियल हबको रुपमा रहेको हङकङमा सरकार विरोधी आन्दोलन चर्किदै गएपछि चीनले सो निर्देशिका जारी गरेको हो ।

स्टेट काउन्सिलको १९ बुँदे निर्देशिका सरकार नियन्त्रित मिडिया पिपुल्स डेलीमा आज प्रकाशित भएको छ । त्यसमा ‘सेन्जेनको आर्थिक बल र विकास’ भन्ने प्रसंग उल्लेख गर्दै सन् २०२५ सम्ममा त्यसलाई विश्वकै राम्रो मध्येको एक क्षेत्र बनाउने जनाइएको छ ।  चीनले गएको साता हङकङको सीमावर्ती क्षेत्र सेन्जेनमा आफ्नो सेनालाई लगेकोमा त्यसलाई विश्वले नै हङकङमा हस्तक्षेप गर्ने तयारीका रुपमा  सतर्कतापूर्वक हेरेको थियो । (रोयटर्सबाट)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC