site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नाडा आकर्षकः विद्युतीय र हाइब्रिड कार, कुन ब्रान्डका कस्ता सवारी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नाडा अटो शो भदौ १० देखि राजधानीमा सुरु हुँदैछ । सवारी साधन किन्ने योजनामा रहेका आम नेपालीको रहर मेटाउन नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले वर्षेनी यस्तो मेला आयोजना गर्दै आएकोमा यसपल्ट झनै परिस्कृत बनाउन लागेको हो । भदौ १० गतेदेखि १५ सम्म काठमाडौंको भृकुटीमण्डपमा सवारी साधनको कुम्भ मेला नाडा अटो शो  हुँदैछ । यसपल्टको मेला विगतका भन्दा केही भव्य हुने नाडामा अध्यक्ष शम्भुप्रसाद दाहाले बताए ।

दाहालका अनुसार यसपटक नेपालमा बिक्री हुने सवारी तथा मोटरसाइकलका सतप्रतिशत ब्रान्ड मेलामा सहभागी हुनेछन् । मेलामा ९५ ब्रान्डका सवारी साधनसहित त्यसमा प्रयोग हुने सामग्री रहने उनले बताए । सवारी साधनबाहेक लुब्रिकेन्ट, टायर, एसेसरिज र बैंक तथा वित्तीय संस्था गरेर १ सय ६० वटा स्टल रहने उनको दाबी छ ।
यसो त दशैं तिहारको मुखैमा आयोजना हुने मेला व्यवसायीको मात्रै नभइ सबै नेपालीको उत्सव रहेको दाहालले बताए ।

मेलामा २३ वटा ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ वटा ब्रान्डका दुई पांग्रे सवारीसाधन, नौ वटा ब्रान्डका टायर, पाँचवटा ब्रान्डका ब्याट्री, १४ वटा ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरुको स्टल राखिनेछ । मेला संयोजक निराकार श्रेष्ठले पनि सर्वसाधारणलाई सहज अवलोकनका लागि व्यवस्थापन चुस्त बनाइएको दाबी गरे । उनले भने, “सर्वसाधारणका लागि सहज अवलोकन गर्ने वातावरण बनाउन पार्किङदेखि मेलास्थलसम्मको व्यवस्थापनमा धेरै ध्यान दिइएका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसपटकको नाडा अटो शोमा बगैंचा पनि प्रयोग गरिएको छ । भव्य बनाउन बगैंचामा फुड स्टल र अटो कम्पोनेन्टको स्टल राखिने भएको छ । मेला आकर्षक बनाउन पहिलोपटक ओभरहेड ब्रिज पनि बनाउन लागिएको छ । यसबाट आवागमन सहज हुनेछ । पार्किङ स्थल सीमित भए पनि आयोजकले सकेसम्म सुविधा दिने दाबी गरेको छ । छ दिनसम्म चल्ने मेलामा ७५ हजार जना अवलोकनकर्ताले मेला अवलोकन गर्ने आयोजकले जनाएको छ ।

Global Ime bank

यसपल्टको मेला यसकारण पनि विशिष्ट हुनेछ कि मेलामा जैविक इन्धनबाट चल्नेदेखि विद्युतीय र हाइब्रिड गाडी पनि प्रमुख आकर्षणका रुपमा रहनेछन् । सरकारले हाइब्रिड गाडीमा करमा छुट दिएको छ । केही कम्पनीले यसैबीचमा मेलाकै लागि भनेर त्यस्ता गाडी राख्ने जनाइसकेको छ ।

कुन ब्रान्डको कस्तो योजना ?

नेपाली बजारमा राम्रै व्यवसाय गरिरहेका केही कम्पनीले तीनैखाले सवारी ल्याउने भएका छन् । तीमध्ये सुजुकीका चारपांग्रे सवारीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नेपालमा पहिलोपल्ट माइल्ड हाइब्रिड कार नाडामा प्रदर्शनीमा राख्ने जनाएको छ । माइलेज साधारणभन्दा २० प्रतिशत बढी रहने यस्तो गाडी वातावरण मैत्री हुने तथा मूल्य पनि केही कम हुने दाबी गरिएको छ ।

विद्युतीय सवारीको लागि पूर्वाधार तयार नभइसकेको अवस्थामा यो सवारीले बजारमा राम्रो गर्ने कम्पनीले जनाएको छ ।  गाडी विद्युतीय सवारीभन्दा सस्तो पर्छ ।  सुजुकीले नाडा अटो शोमा एस क्रस, सियाज र एर्टिगा मोडलको कार नाडामा राख्ने भएको हो । निसानले किक्सलाई नै नाडामा शोकेस गर्ने भएको छ । किक्सको अपर भेरियन्ट नाडामा प्रमुख आकर्षणको रुपमा रहने छ । डाट्सनले गोको टप भेरियन्ट नाडामा शोकेश गर्ने जनाएको छ ।

फोर्डले शोकेश गर्ने सवारीहरु रेन्जरको एक्सएलटी अटोमेटिक, थन्डर इकोस्पोर्ट प्रमुख आकर्षण रहनेछ । यसबाहेक फिगोको नयाँ मोडल तथा अरु सवारी पनि राखिने फोर्डले जनाएको छ । टोयोटाले हालसम्म र्याभ फोरलाई नाडामा राख्ने जनाएको छ । महिन्द्राले एक्सयूभी ३०० फेरि लन्च गर्दैछ । यो सवारी महिन्द्रा उदयमा शोकेस गरिएको थियो भने नाडामा यसको बुकिङ तथा बिक्री गरिने छ ।

कियाका स्पोर्टेज, नयाँ ईभी निरो मुख्य आकर्षणका रुपमा रहनेछ । जिप कम्पासको नयाँ भेरियन्ट ट्रेल हक पनि नाडामा देख्न सकिनेछ । दुईपांग्रेतर्फ रोयल एनफिल्डले भर्खरै लन्च गरेको गनमेटल ग्रे ३५० शोकस गर्नेछ । पियाजोका स्टोर्म १२५ हाइलाइटका रुपमा रहनेछ । एप्रिलिया डिजिटल १५० सीसी पनि नाडामा किन्न पाइनेछ ।

हिरोले नाडालाई लक्षित गरेर एक्सपल्स २०० टी ल्याउने जनाएको छ । यामाहाले नयाँ मोटरसाइकल एमटी १५ तथा स्कुटर एनम्याक्स १५५ मुख्य आकर्षण हुनेछ । राख्नेछ । टीभीएसले आरआर ३१० मोटरसाइकल, एनटर्क स्कुटर, जुपिटर क्लासिक स्कुटर तथा आरटीआर १५० र आरटीआर २०० नाडामा राख्ने जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC