site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काबुल आक्रमणमा बचेका दुलाहा भन्छन्– अब मेरो जीवनमा खुसी फर्किँदैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काबुल । अफगानिस्तानमा आफ्नो वैवाहिक कार्यक्रममा बम विस्फोट हुँदा ६३ जनाको निधन भएको घटनाका दुलाहाले उक्त आक्रमणपछि आफूले आशा गुमाएको जनाएका छन् ।  एउटा टीभी अन्तर्वार्तामा मिर्वाइस इल्मी नामका ती दुलाहाले उनकी दुलही बचे पनि उनका दाजु र अन्य आफन्त समेत ६३ जनाको मृत्यु भएको जनाएका छन् । शनिबार राति सो आत्मघाती विस्फोट हुँदा १८० भन्दा बढी मानिस घाइते भएका थिए । 

इश्लामिक स्टेट समूहले उक्त विस्फोट गराएको स्वीकार गरेको छ । राष्ट्रपति अस्रफ घानीले सो आक्रमणलाई कायरतापूर्ण भएको बताएका छन् । उनले तालिवान समूहलाई आतंककारीलाई प्लेटफर्म दिएको आरोप समेत लगाएका छन् ।  उनले आफ्नो परिवार, आफ्नी दुलही सबै स्तब्ध रहेको जनाउँदै उनीहरु बोल्न नसक्ने अवस्थामा रहेको र दुलही बेहोस हुने अवस्था रहेको जनाएका छन् । 

उनले भनेका छन्,‘‘मैले आशा गुमाए । मैले मेरो दाजु गुमाएँ । मैले मेरा साथीहरु गुमाएँ । मैले अब मेरो जीवनमा कहिल्यै पनि खुसी देख्ने छैन ।’’ आफू कमजोर भएका कारण अन्त्येष्टीमा जान सक्ने अवस्थामा पनि नरहेको समेत उनले जनाएका छन् । दुलहीका बाबुले जनाएअनुसार उनको परिवारका १४ जना सदस्यको सो घटनामा मृत्यु भएको थियो । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC