site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
शरीरलाई ‘हाइड्रेटेड’ राख्न अत्याधिक धेरै पानी पिउनु पर्दैन
Sarbottam CementSarbottam Cement

एजेन्सी । शरीरमा पानीको कमी, ‘डिहाइड्रेसन’ अर्थात जलवियोजनले व्यक्तिको प्रदर्शनमा ठूलो असर गर्न सक्छ । विशेषगरी खेलाडीहरुमा र साधारण मानिसमा पनि मध्यम स्तरको जलवियोजनले समेत व्यक्तिको मुड र कुनैपनि काममा ध्यान दिन सक्ने क्षमतामा अवरोध पुर्याउँछ । पानी सस्तो र स्वस्थ पेय पदार्थ हो जसले हाम्रो शरीरमा तरलको स्तर कायम गरी सबै प्रणालीलाई राम्रोसँग काम गराउनमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यस्तोमा नेस्नल एकेडेमी अफ मेडिसिनले वयश्क महिलालाई दिनमा आठ ग्लाससम्म पानी पिउन सुझाव दिन्छ । तर बिहानदेखि बेलुकासम्म अत्याधिक पानी पिउनु हाम्रो शरीरको जल आवश्यकता पूरा गर्ने प्रभावकारी तरिका नभएको बताइएको छ । 

नर्थ क्यारोलिना रिसर्च क्याम्पसका ह्युमन पर्फमेन्स ल्याबका निर्देशक एवम् प्रोफेसर डेभिड नेइमन भन्छन्, “यदि तपाईँले धेरै पानी पिउनु भइरहेको छ र दुई घण्टामा तपाईँको पिशाब उत्पादन उच्च छ भने तपाईँले पिउनु भएको पानी शरीर भित्र राम्ररी बसिरहेको वा पर्याप्त सोसिएको छैन भन्ने स्पष्ट हुन्छ ।”  उनका अनुसार साधा पानी, खाना र पोषक तत्व सहित मान्छेको पाचन प्रणालीबाट सहजै बाहिरिने गर्दछ । विशेषगरी खाली पेटमा धेरै मात्रामा पानी पिउँदा यस्तो हुने उनी बताउँछन् । 

उनी भन्छन्, “वास्तवमा सफा पिशाव ‘ओभरहाइड्रेसन’ को संकेत हो ।” ओभरहाइड्रेसन भनेको शरीरमा आवश्यक भन्दा बढी पानी हुनु हो । यसरी अन्य थुप्रै अनुसन्धानले पनि जलवियोजनको समाधान अत्याधिक धेरै पानी नभएको देखाइसकेको छ ।  अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनको २०१५ को अध्ययनमा पानीदेखि दूध, चिया, बियर लगायत विभिन्न प्रकारका तरल पदार्थका हाइड्रेसन असरबारे अनुसन्धान गरिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसका लागि स्वयमसेवकहरुले सहभागीको पिशाब संकलन गरि विश्लेषण गरेका थिए जसपछि दूध, चिया, अरेन्ज जुसहरुले साधा पानी भन्दा बढी मात्रामा शरीरलाई हाइड्रेटेड राख्ने गरेको निष्कर्ष निकालिएको हो । 

यसमा उनीहरुले ती पेय पदार्थमा पाइने थुप्रै तत्वहरुले, हाम्रो शरीरले सोस्ने पानीको मात्रालाई प्रभावित गर्न सक्ने र पिशाबको मात्रा बढाउने ‘डिउरेटिक एजेन्ट्स’लाई पनि प्रभावित गरिरहेको हुने पत्ता लगाएका हुन् । 

Global Ime bank

यसरी पानीका रुपमा एमिनो एसिड, फ्याट, मिनरल पनि सेवन गर्नुले हाम्रो शरीरलाई बढी तरल पदार्थ सोस्नमा मद्दत गर्छ जसले शरीरमा जलको स्तरमा सुधार ल्याउने उनको भनाइ छ । विशेषगरी शारीरिक व्यायाम गरिसकेपछि यो कुरा ध्यानमा राख्न जरुरी भएको बताइएको छ । 

नेइमन भन्छन्, “जसले बिहान र बेलुकाको खानाका बीचमा केही सेवन नगरि बोतलका बोतल पानी पिइरहेका छन् तिनले त्यही खानाका तत्व मात्र शरीरबाट बाहिर फालिरहेका छन् ।” 

उनका अनुसार लगातार र अधिक मात्रामा पानी पिउनुले शरीरका फोहोर बाहिर पखाल्छ भन्ने कुरा पनि आधा मात्र सत्य हो । पिशाबले फोहोर र अनावश्यक पदार्थ बाहिर फालिरहेपनि खालि पेटमा टन्न पानी पिउनुले सो प्रक्रियामा कुनै मद्दत गरिरहेको हुँदैन । र कतिपय अवस्थामा त अत्याधिक पानी हानिकारक पनि साबित हुन सक्छ । 

जस्तै घण्टौँ शारीरिक व्यायाम गरिरहेका व्यक्ति वा खेलाडीहरुले केबल पानी मात्र अत्याधिक मात्रामा सेवन गरेमा त्यसले शरीरमा सोडियमको स्तर असन्तुलित पार्न सक्छ । नेइमनले आफ्नो अधिकांश करिअभरभरि एक्सरसाइजसँग सम्बन्धित हाइड्रेसनको अध्ययन गरेका छन् । डाक्टरहरुले सो असन्तुलनलाई ‘हाइपोनेट्रेमिया’ भन्ने गर्दछन् र कतिपय अवस्थामा त्यो खतरनाक पनि हुन सक्छ । 

तर खेलाडी बाहेक साधारण मानिसलाई भने अत्याधिक धेरै मात्रामा पानी सेवन धेरै ठूलो चिन्ताको विषय नभएको बताइएको छ । यस्तोमा शरीरमा जलको मात्रा पर्याप्त राख्न अरु नै धेरै प्रभावकारी उपायहरु रहेको नेइमन बताउँछन् । उनका अनुसार एकदम थोरै थोरै गरेर पानी पिउनुले हाम्रो मृगौलालाई ‘ओभरलोड’ हुनबाट बचाउँछ भने पानीलाई शरीर भित्रै रहिरहन पनि मद्दत गर्छ । त्यस्तै अर्को तरिका भनेको खाना खानु भन्दा अगाडि वा खाँदै गर्दा पानी पिउनुले पनि हाम्रो शरीरलाई हाइड्रेटेड रहिरहन मद्दत गर्दछ । 

मिनरल, एमिनो एसिड, भिटमिन आदिसँगै पानी पिउँदा शरीरले धेरै पानी सोस्छ । त्यसैले पनि दूध र फलफुलका जुस यो विषयमा राम्रो मानिएका हन् । उनको आफ्नै अनुसन्धानमा पनि स्पोट्स ड्रिङ्कको तुलनामा एउटा केरा बढी फाइदाजनक हुने पत्ता लागेको हो । यसरी पानीसँग एउटा फलफुल सेवन गर्दा पनि शरीरको पानी सोस्ने क्षमता बढ्न सक्छ । यो खेलाडीहरुका लागि बढी उपयोगी भएको बताइएको छ । नेइमनका अनुसार उनले सबैलाई धेरै पानी पिउनु हुन्न भन्ने सन्देश दिन खोजेका होइनन् र थोरैथोरै सेवन गरिरहेर प्रभावकारी रुपमा शरीरलाई हाइड्रेटेड राख्न सुझाव दिएका छन् ।  टाइमबाट  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC