site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्वाचनपछि पदमा बस्न मन छैन, धैर्य गर्नुस्– प्रधानमन्त्री
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफूलाई सरकारमा बस्ने मन नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आइतबार सम्बोधन गर्दै उनले भने, “पद नगएको मान्छे कोही देखेको छैन । राजा, महाराजा, बादशाह, जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न म साथीहरुलाई अनुरोध गर्दछु ।” 

नेकपा गठनका बेलामा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच सत्ताको नेतृत्व आधाआधा गर्ने सहमति भएको भनिए पनि पुरै कार्यकाल आफुले सरकार चलाउने ओलीको संकेत थियो । उनले अर्को निर्वाचन गराएर मात्र बाहिरिने सम्बोधनका क्रममा प्रष्ट पारेका हुन् । 

त्यस्तै, उनले पूर्वराजाका समर्थकहरुतर्फ संकेत गर्दै केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार नतर्सने पनि बताए । “जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट अहिले सरकार भाग्छ भन्ने कुरो, लगलग काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्छ,” उनले भने,  “सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भनेर सोच्नेहरु उत्साहित नभए हुन्छ, नहौसिए हुन्छ । चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने नसोचे हुन्छ ।” उनले राजसंस्था फर्काउँछु भन्ने त्यो हल्लालाई नपत्याएर सरकारले केहि नगरेको र गणतन्त्र धरापमा पर्छ भन्ने लागेको दिन संविधानको रक्षाका पक्षमा मैदानमा उत्रिने बताए । 

Agni Group

‘सरकार अधिनायकवादतिर गएको छैन, हल्ला नगर्दा हुन्छ ’

प्रधानमन्त्री  ओलीले जनताको निराशामा टेकेर सरकारबारे नचाहिने  हल्ला फैलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । “जनताको विश्वास भत्काइने प्रयास गरिँदैछ । कोही भन्दा कम लोकतन्त्रका लागि संघर्ष गरेर सफलता प्राप्त गरेको छैन,” प्रधानमन्त्री ओलीले भने “सरकार अधिनायकवादतिर गएको छैन । हल्ला नगर्दा हुन्छ ।” 

Global Ime bank

उनले संविधानसम्मत र दायराभित्र सरकार चल्ने प्रष्ट्याउँदै प्रतिगमनतिर जाने, व्यवस्था उल्ट्याउने कुरा सरकारलाई मान्य नहुने बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादतर्फ नगएको भन्दै हल्ला नगर्न सुझाए ।  

त्यस्तै, उनले सुशासन, आर्थिक उन्नति र विकासमा सरकारको ध्यान गएको बताए । उनले संसलदभित्रका शक्तिहरुबीच सहकार्य हुनुपर्नेमा पनि जोड दिए । “संविधान कार्यान्वयनले पूर्णता पाएको छ । चालुअधिवेशनले केही कानुन निर्माण गरिसक्नुपर्नेछ । कानुन छिटो निर्माण गर्नुपर्नेछ । विलम्ब भयो भने जनताले पाउनुपर्ने कुरा रोकिन्छ,” प्रधानमन्त्री ओलीले भने । 

उनले संसद्भित्रका शक्तिहरूको सहकार्यले व्यवस्थालाई सुदृढ तुल्याउने भन्दै संसद अवरोधरहित ढंगले क्रियाशील रहेको बताए । पुराना प्रणालीलाई स्थापीत गराउन चाहनेहरुले  नयाँ व्यवस्थालाई कसरी कमजोर बनाउन सकिन्छ भनेर लागिपरेको उनको आरोप थियो । 

सत्य निरुपण र वेपत्ता छानबिन आयोग यही हप्ताभित्र 

प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप र  वेपत्ता छानबिन आयोग यही हप्ताभित्र गठन भइसक्ने बताए । ओलीले आयोगमा प्रमुख आयुक्त र आयुक्त सिफारिस गर्नका लागि गठित समिति क्रियाशिल रहेको पनि बताए । “प्रमुख आयुक्त, आयुक्त सिफारिस गर्न समिति गठन गरेका छौं । सिफारिस समिति क्रियाशिल छ । मैले विश्वास लिएको छु यसै हप्ताभित्र सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग गठन हुनेछ भन्ने विश्वास गर्दछु,” उनले भने । सिफारिस समितिले सिफारिस गर्नासाथ सरकारले ढिला नगरि आयोग गठन गर्ने उनको प्रतिवद्धता थियो । 

हामीले द्धन्द्ध व्यवस्थापन गरेको यतिका समय भइसक्दा पनि द्धनद्धका खाटाहरु बाँकी नै रहनु र तीनीहरुलाई सम्झिएर कतै चित्त दुख्ने, कतै घाउ चह¥याउने स्थिती हुनु वाञ्छनिय होइन,” उनले भने ।  यसैवर्ष नेतृत्व पाउँछ । सिफारिस समिति बनेको छ । सिफारिस हुनेबित्तिकै सरकारले गठन गर्न विलम्ब गर्दैन ।

मेलम्ची आयोजनाबाट ठेकेदार भागेको हो, सरकार होइन 

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको बताएका छन् । उनले आयोजनाबाट ठेकेदार भागे पनि सरकार भागेजस्तो गरी हल्ला फैलिएको भन्दै असन्तुष्टि व्यक्त गरे । “मेलम्ची खानेपानी आयोजनाबाट ठेकेदारमात्र भागेको हो, सरकार भागेको होइन,” उनले भने । मेलम्ची खानेपानी आयोजना निर्माण ठेक्का लिएको कम्पनी सिएमसीले योजना छोडेर गएकोतर्फ उनको भनाइ लक्षित थियो । त्यस्तै उनले आफूले सरकारको नेतृत्व लिएपछि १४ सय किलोमिटर सडक र ३ सय वटा झोलुंगे पुल बनेको भन्दै काम अघि बढिरहेको बताए ।

दलहरुबीचको सहकार्यले मात्रै गणतन्त्र सुदृढ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभित्र रहेका राजनीतिक दलहरुबीचको सहकार्यले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदभित्रका दलहरुबीचको सहकार्यले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बन्ने बताएका हुन् । 

“संसदभित्रका शक्तिहरूको सहकार्यले व्यवस्थालाई सुदृढ तुल्याउँछ । संसद अवरोधरहित ढंगले क्रियाशील छ । म खुशी व्यक्त गर्न चाहन्छु,” उनले भने । प्रधानमन्त्री ओलीले अहिलेको व्यवस्थामा पुरानो व्यवस्थाका मानिसहरुले पनि गतिविधि गर्न पाउने भन्दै उनीहरुले व्यवस्थालाई कमजोर बनाउन विभिन्न गतिविधिहरु गरिरहेको आरोपसमेत लगाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न खोज्ने तत्वप्रति सबैले सजह हुनुपर्नेमा उनले जोड दिए । “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं । यो प्रणाली नयाँ हो । जुन प्रणाली हामीले निर्माण गरेका संविधानले तय गरेको छ । यो नयाँ प्रणाली भएको हुनाले पुराना प्रणालीका सम्बाहकहरु पक्षधरहरु पनि यस देशमा छन् । लोकतन्त्र दमनकारी प्रणाली नभएको हुनाले उनीहरुले पनि खुलेयाम गतिविध गर्न पाउने नै कुरा भयो, पाएका छन,” ओलीले भने, “तर, यो सुन्दर प्राणलीले अभ्यासलाई परिपक्व र पूर्णता प्राप्त गर्न नपाउँदै यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने तत्वहरु पनि छन् । जसप्रति हामी सजग हुन जरुरी छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC