site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोठामा लुकाएर १६ लाख लुटिएको अभिनय गरेपछि...
Ghorahi CementGhorahi Cement

काठमाडौं । गोयल कम्पनीमा कार्यरत एक कर्मचारीले अफिसको लागि उठाएको रकम १६ लाख रुपैयाँ आफ्नै कोठामा लुकाएर लुटिएको भन्दै उजुरी गरेपछि आफैं प्रहरीको फन्दामा परेका छन् । भारतको विहार घर भइ हाल काठमाडौंको डल्लु बस्ने २२ वर्षका मनोजकुमार शाहले आइतबार दिउँसो पाको न्युरोडमा मास्क लगाएका २ जनाले आफूले उठाएर ल्याएको रकम लुटेर भागेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले उनी लुटिएको भनिएको स्थानमा रहेका सीसीटीभी फुटेज हेर्दा त्यस्तो नदेखिएपछि पीडितमाथि नै आशंका गर्दै अनुसन्धान थालेको जनाएको छ । शाहले भनेअनुसारको कुनै पनि कुरा फुटेजमा नदेखिएपछि प्रहरीले उनीमाथि सोधपुछ गर्दा कोठामा रकम लुकाएको स्वीकार गरेका थिए ।

Agni Group

“बेइमानीपूर्वक ठगी खाने नियतले डल्लुस्थित कोठामा राखेको भन्ने बुझिन आएकोले निजको कोठामा गइ खोजतलास गर्दा उक्त रकम बैंकमा जम्मा नगरी आफ्नै दराजमा राखेको पाइयो,” परिसरका प्रवक्ता होविन्द्र बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC