site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बुद्धबिहार पुनर्निर्माणका लागि एक करोड सहयोग 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भृकुटीमण्डपस्थित बुद्धबिहार पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले १ करोड रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ । मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुनर्निर्माण गरिसक्ने प्रतिवद्धताका साथ उक्त रकम हस्तान्तरण गरेका हुन् ।

भूकम्पबाट क्षतिग्रस्त भएको उक्त बिहार पुनर्निर्माणका लागि महानगरले ४ करोड बजेट अनुमान गरेको थियो । ८ हजार ५ सय ५७ वर्गमिटर क्षेत्रफलमा मौलिक शैली नबिगारी पुनर्निर्माण गर्दा थप ५० लाख खर्च हुने अनुमान गरिएको छ ।

Agni Group

“निर्वाचनकै बेला मैले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाः बही, बिहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुनर्निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको थिएँ । यी सम्पदा संरक्षणमा म लागेको छु,” मेयर शाक्यले भने ।

सम्पदाहरुको पुनर्निर्माण र जीर्णोद्वारका लागि बजेट अभाव हुन नदिनेसमेत मेयर शाक्यले बताए । मेयर शाक्यले पछिल्लो समय सार्वजनिक जग्गाको खोजी गर्दै महानगरका ती स्थानहरुमा पार्क निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने जस्ता कार्यमा लागेको पनि बताए ।

Global Ime bank

“पुराना विहारहरुको स्वरुप अहिले बिग्रँदै गएको छ, त्यसमा तपाईंहरुले ध्यान दिनुहोला,” मेयर शाक्यले भने, “सम्पदा नबिग्रिने गरी निर्माण गर्दा केही महङ्गो पर्यो भने महानगर खर्च गर्न तयार छ ।”

शाक्यले भृकुटीमण्डवको बौद्धविहार नमुनाका रुपमा पुनर्निर्माण भएको पनि उल्लेख गरे । यसैगरी मेयर शाक्यले नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ भवन निर्माण र नेपाल बौद्ध परियति शिक्षा सञ्चालनलाई पनि चालू आर्थिक वर्षमा आवश्यक बजेट बिनियोजित गरेको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC