site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जवाहरलाल नेहरु विश्वविद्यालयको नाम 'मोदी नरेन्द्र विश्वविद्यालय' राख्न सुझाव
Sarbottam CementSarbottam Cement

भारतीय जनता पार्टी (बिजेपी) का सांसद हन्स राज हन्सले जवाहरलाल नेहरु विश्वविद्यालयको नाम परिवर्तन गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको नाम राख्नुपर्ने बताएका छन् । विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा भाग लिएका बिजेपीका उत्तरपश्चिम दिल्लीका सांसद हन्सले काश्मीर मामिलाका विषयमा बोल्दै नेहरु-गान्धी परिवारप्रति व्यंग्य गरेका हुन् । उनले भने, " 'एक साम, सय दिनमा नाम' । हामी हाम्रा पुर्खाले गरेको गल्तीको सजाय भोगिरहेका छौं ।"

"भगवानको कृपाले हामी शान्तिपूर्ण रुपमा बिना कुनै बमबारीका साथ बस्न पाएका छौं । म भन्न चाहन्छु कि हामीले जेएनयू (जवाहरलाल नेहरु युनिभर्सिटी) को नाम परिवर्तन गरी प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट राख्नुपर्छ । मोदीजीको नामबाट पनि केही राखिनुपर्छ," उनले थपे । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रम समापनपछि मिडियासँग कुरा गर्दै बिजेपी सांसद हन्सराजले जवाहरलाल नेहरुले विगतमा गल्ती गरेको बताए । उनले थपे, "म पहिलोपटक जेएनयू आए पनि जेएनयूका विषयमा थुप्रै कुरा थाहा छ । तर, अब मोदी सरकारले गरेको योगदानका आधारमा विश्वविद्यालयको नाम परिवर्तन गरिनुपर्छ । प्रधानमन्त्री मोदीले राष्ट्रका लागि थुप्रै काम गर्नुभएको छ । त्यसकारण जवाहरलाल नेहरु विश्वविद्यालयको नाम परिवर्तन गरेर मोदी नरेन्द्र विश्वविद्यालय राख्नुपर्छ ।"   

त्यसैगरी विश्वविद्यालयका बिजेपीका विद्यार्थी नेता मनोज तिवारीले पनि हन्सराजको कुरामा समर्थन जनाएका थिए । 

Global Ime bank

हिन्दूस्तान टाइम्स
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC