site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धरानमा डेंगु नियन्त्रण बाहिर
Sarbottam CementSarbottam Cement

विराटनगर । तराई मधेशका जिल्लामा फैलिएको डेंगु रोकको प्रकोप कोशी पहाडतर्फ उक्लिएको छ । भित्री मधेशअन्तर्गतको एकमात्र प्रदेश १ को जिल्ला उदयपुरमा पनि संक्रमण फैलिएको छ । 

प्रदेश सरकारका अनुसार सुनसरीको धरानबाट यो वर्षको प्रराम्भदेखि नै शुरु भएको डेंगु रोग साउन सुरु हुँदा नहुँदै मास्तिर पहाडतर्फ पनि उक्लिएको हो । प्रदेशको स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्ने सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा सबैभन्दा बढी मानिस संक्रमित देखिएका छन् । 

सुनसरीमा उद्गम भई फैलिएको रोग पहाडी जिल्लाहरुमा क्रमशः फैलिएको तथ्यांकले देखाएको छ । पहाडी जिल्ला भोजपुरमा ५ जना, पाँचथरमा  २ जना र संखुवासभा एकजना, इलाम २ जना, ताप्लेजुङमा २ जना र  धनकुटामा ५ जना मानिसमा रोगको संक्रमण देखिएको छ । यता, झापामा २९ जना र मोरङ ८१ जनामा रोग फेला परेको । भित्री मधेशको उदयपुरमा १९ जना रोगी अस्पताल भर्ना भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेश सरकारका अनुसार डेंगुबाट प्रदेश १ मा हालसम्म एकजनाको ज्यान गएको छ । रोगबाट ३ हजार १ सय ५३ जना संक्रमित छन् । सबैभन्दा धेरै सुनसरीमा ३ हजार २५ जना रोगबाट बिरामी भएका छन् । मन्त्री घिमिरेले भने, ‘‘पहाडी जिल्लामा सानो संख्यामा रोगी भेटिए पनि यसले हाम्रो चिन्तलाई बढाइदिएको छ ।’’ घिमिरेले स्थानीय तह, प्रदेश र संघीय सरारकासँग समेत मानिसहरुले ‘फगिङ मेसिन’ (धुवाँ छर्ने मेसिन र औषधि) अधिक माग गर्ने गरेको जानकारी दिएका छन् । तर, डेंगु औषधि छर्केर अथवा धुवाँ उडाएर मात्र नियन्त्रण असम्भव भएको बताए ।

पहाडी जिल्लामा समेत रोग फैलन सुरु भएपछि यसको नियन्त्रण चुनौती र जटिलता दुबै थपिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् । रोग नियन्त्रणका लागि भएगरेका प्रयासबारे उनले प्रदेश १ को संसदलाई समेत जानकारी गराएका छन् । मन्त्री घिमिरेले भने, ‘‘तीनै तहका सरकारले रोग नियन्त्रणको प्रयास गर्दासमेत रोगी तिनका परिवार र मानिसको परिवर्तन गर्न कठिन भएको व्यवहारका कारण रोग नियन्त्रणमा आउन सकेको छैन ।’’ मन्त्री घिमिरेले संघीय मन्त्रालयको समेत सहयोग लिएर प्रदेश सरकारले रोग नियन्त्रणमा तदारुकतासाथ काम गरेको दाबी गरेका छन् ।

Global Ime bank

धुवाँले मानव स्वास्थ्यलाई समेत असर गर्ने भएकोले यसको साटो पानी नै जम्न नदिने, जमेको पानीमा मोबिल हाल्ने र लर्भा हुर्कन नदिने विधि नै उत्तम हुने चिकित्सकहरुले सुझाउने गरेको मन्त्री घिमिरेको भनाइ छ । 

डेंगु परीक्षणका क्रममा प्रयोग हुने किट महँगो हुने गरेको तर लक्षणकै आधारमा रोग पत्ता लगाउने जस्ता विधिलाई मानिसहरुले विश्वास नगर्दा किट उपलब्ध गराउनसमेत समस्या हुने गरेको बताइएको छ । घिमिरे भन्छन्, ‘‘किट प्रयोग खर्चालु देखिएकोले यसलाई निरुत्साहन गर्ने हाम्रो तयारी छ ।’’ 

खासगरी धरानमा फैलिएको रोग नियन्त्रण गर्न स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारलाई हम्मेहम्मे भएको छ । मानिसहरुको व्यवहार परिवर्तन गर्न र पानी स्टोर गरेर नराख्न तथा सरसफाइमा ध्यान दिन आग्रह गरेपनि स्थानीय रुपमा अटेर गर्दा डेगुंको संक्रमण अझ फैलँदो क्रममा पुगेको सरोकारवालाले बताएका छन् । सुनसरीमा संघीय मन्त्रालयबाट आएका चिकित्सकसहितको टोलीले समेत छलफलका क्रममा यही निस्कर्ष निकालेको छ । 

सरकारले चालेको ‘खोज र नष्ट गर’ अभियानले रोग न्यूनीकरण भएपनि निषेध भने हुन सकेको छैन । सुनसरीको इटहरी क्षेत्रमा समेत नगरपालिकाले महंगो फगिङ मेसिन खरिद गर्ने तयारी गरेको छ । त्यहाँसमेत रोगको संक्रमण देखिन सुरु भएपछि यसको तयारी थालिएको नगरपालिकाले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC