site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीर अस्पताललाई २५ सय शैय्याको बनाइने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । सर्वसुलभ तरिकाले बिरामीलाई सेवा प्रदान गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्र्तगतको वीर अस्पताललाई २५ सय शैय्यामा विस्तार गरिने भएको छ । 
 
अहिले अस्पताल रहेको ठाउँमा १३ सय शैय्याको सुविधासम्पन्न वीर केन्द्रीय सिटी अस्पताल र २ सय शैय्याको अत्याधुनिक ट्रमा सेन्टर गरि १५ सय शैय्याको अस्पताल बनाउने तयारी रहेको न्याम्सका उपकुलपति डा. गणेशबहादुर गरुङले जानकारी दिए ।
 
न्याम्सको केन्द्रीय कार्यालयसमेत रहने गरि बन्न लागेको जग्गामा एक हजार शैय्याको अस्पताल बनाएर अन्तर्राष्ट्रिय अस्पताल बनाउने सरकारको योजना छ । ५ सय रोपनी जग्गामा थप एक हजार शैय्या विस्तार गरि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउने घोषण सरकारले वजेटमार्फत गरिसकेको छ ।
 
वीर अस्पताल र न्याम्स निमार्णको लागि छुटाछुटै योजनाको तयारी भइरहेको छ । वीर अस्पताल निमार्णको लागी गुरु योजनासमेत तयार भइसकेको र यसै वर्षबाट काम सुरु गर्ने गुरुङको भनाइ छ । न्याम्स निमार्णको लागि ‘मेगा प्रोजेक्ट’मार्फत काम अगाडी बढाइने उनले बताए । सरकारले ५ सय रोपनी जग्गा खोज्ने जिम्मा दिएलगतै स्थानको खोजी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भक्तपुर, कीर्तिपुर र कलंकीमा जग्गा हेरेपनि ठोस निर्णय भइनसकेको मन्त्रालयका जनस्वास्थ्य प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । यसको चाँडै नै टुङगो लाग्ने पनि उनले बताए । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले न्याम्सलाई अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने तयारी गरेको श्रेष्ठले बताए । 
 
अहिले अस्पताल रहेको ठाउँमा पुरानो भवन भत्काएर नयाँ भवन बनाउने तयारी भएको गुरुङले बताए । “वीर अस्पताल प्रतिष्ठानको रूपमा परिणत भइसकेपछि त्यही अनुसार विकास गर्न जरुरी थियो,” उनले भने “त्यसैले सरकारले २५ शैय्या बनाउने घोषणा गरेको हो । 
उक्त जग्गामा प्रतिष्ठानको केन्द्रीय कार्यालय रहने गरि सुविधा सम्पन्न एक हजारको अस्पताल र नर्सिङ, विएसी एसर्आइटी, एनेस्थेसिया लगायतका क्याम्पस रहनेछ । त्यसबाहेक अन्य स्वास्थ्य र विज्ञानलगायतका कजेज हुनेछन् ।
 
५ वर्ष भित्रमा न्याम्सको निमार्ण कार्य सम्पन्न गरिसक्ने र वीर अस्पताललाई ३ वर्षमा केन्द्रीय सिटी अस्पताल बनाईसक्ने गुरुङले बताए । दुवै योजना सम्पन्न गर्नको लागी १३÷१४ अर्व लाग्ने अनुमान गरिएको छ । 
 
पुरातत्व विभागको अवरोध टर्यो 
 
वीर अस्पतालको आकस्मिक कक्ष अगाडी हरियो झयाल भएको भवन जस्तातस्तै बन्ने भएको छ । त्यस्तै भवना बनाउन अस्पताल र पुरातत्व विभाग सहमत भएपछि भवनको उस्तै डिजाइनमा बन्ने भएको हो । उक्त भवन वीर शम्शेरले बनाएका थिए । ऐतिहासिक महत्व झल्कने भवन भएकाले सो भवन भत्काउन नमिल्ने भन्दै विभागले अवरोध गरेको थियो । अस्पतालको समस्यालाई ध्यानमा राख्दै लामो छलफलपछि अस्पतालले त्यस्तै भवन निमार्ण गर्न सहमत भएको पुरातत्व विभागका इन्जिनियर सम्पत घिमिरेले बताए । 
 
भवनको एतिहासिक महत्व नमेटिने गरि त्यस्तै भवन बनाएर प्रशासनिक कार्यका रुपमा प्रयोग गर्ने न्याम्सका उपकुलपति डा गुरुङले बताए ।
 
अन्डरग्राउन्डसहितको नयाँ भवन बन्ने 
 
वीर अस्पताल अगाडीको न्याम्सअन्तर्गतको नर्सिङ क्याम्पस र चिकित्सक, कर्मचारी बस्दै आएको आवासीय भवन भत्काएर सोही स्थानमा अन्डरग्राउन्डसहित भवन बनाउने तयारी गरिरहेको अस्पतालले बताएको छ । उक्त भवनमा ६ सय ५० शय्याको अत्याधुनिक सुविधासम्पन्न अस्पताल बन्नेछ । अन्डरग्राउन्डको पहिलो तलामा अस्पताललाई चाहिने ठूला प्राविधिक मेसीन र क्यान्सर विभाग रहनेछ । दोस्रो तलामा पुरै पार्किङ हुनेछ । भुइ तलामा रेडियोलोजी विभाग, पहिलो तलामा शल्यक्रिया कक्ष, दोस्रो तलामा आइसियु र पोष्ट अपरेटिभ वार्ड रहनेछ । भवनको तेस्रो तलादेखि विभिन्न वार्डका शैयाका शय्या रहने छन् । 
 
भुकम्पले क्षतीग्रस्त भवन बन्दै
 
भुकम्पले भत्काएको वीर अस्पतालको भवन समेत निर्माण कार्य सुरु भईसकेको छ । भुकम्पले क्षतीग्रस्त भवन जापानीज संस्था जायीकाले सो भवन निमार्ण गर्न लागिएको हो । ५० करोडको लागतमा बन्न लागेको उक्त भवन ३ तलेको हुनेछ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १५, २०७३  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC