site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एक न्यायाधीशलाई वर्षमा पाँच सय मुद्दा
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकजना न्यायाधीशले वर्षमा कति मुद्दा छिन्लान् ? जिज्ञासा हुनसक्छ । नेपालमा एकजना न्यायाधीशले वर्षमा करिब ३ सय मुद्दाको फैसला सुनाउँछन् । विभिन्न तहका अदालतको ५ वर्षको मुद्दा फैसलाबाट प्राप्त नतिजा हो यो । 

सर्वोच्च अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिवर्ष एक न्यायाधीशमाथि औसतमा कार्यबोझ पाँच सय थान मुद्दा पर्ने गर्छ । जसमध्ये औसत कार्यसम्पादन करिब तीन सय रहेको देखिएको छ । आर्थिक वर्ष ०७१ देखि ०७६ असार मसान्तसम्म सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत र न्यायाधीकरणले गरेका फैसलाका आधारमा यस्तो देखिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

हाल विभिन्न तहका अदालतमा चार सय २१ न्यायाधीश छन् । 

मुद्दा फर्छ्योटमा सर्वोच्च अदालत कमजोर

Global Ime bank

विभिन्न तहका अदालतमध्ये अन्तिम अदालत हो सर्वोच्च अदालत । मुद्दा फर्छ्योट दरका आधारमा हेर्ने हो भने सर्वोच्च अदालत अन्य अदालतभन्दा पछाडि देखिन्छ । पछिल्लो पाँच वर्षको मुद्दा फर्छ्योटको तथ्यांकलाई हेर्दा सर्वोचच अदालतको फछ्र्योटदर २३ प्रतिशतमात्र देखिन्छ । उच्च अदालतले ६४ प्रतिशत र जिल्ला अदालतले ६१ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष ०७१ देखि ०७६ असार मसान्तसम्म सर्वोच्च अदालतमा मुद्दा, रिट र निवेदनको लगत एक लाख २५ हजार १ सय ४० थियो । जसमध्ये सर्वोच्चले २९ हजार २ सय ११ मुद्दा, रिट र निवेदन फर्छ्योट गरेको थियो । 

त्यस्तै उच्च अदालतमा सोही अवधिमा दुई लाख ५१ हजार १ सय ३७ थान मुद्दा लगत रहेकोमा एक लाख ६१ हजार ६ सय ६४ थान मुद्दा फर्छ्योट भएको छ । जुन कूल लागतको ६४.३७ प्रतिशत हो । त्यस्तै, जिल्ला अदालतमा छ लाख ९० हजार १ सय ९२ थान लगत रहेकोमा चार लाख २४ हजार १ सय ८२ थान मुद्दा फर्छ्र्योट भएको थियो । जुन, कुल लागतमध्येको ६१.४६ प्रतिशत हो । विशेष अदालत र न्यायाधकिरणले यही अवधिमा लगत रहेको ११ हजार ८ सय ९४ थान मुद्दामध्ये पाँच हजार ३ सय ७९ थान मुद्दा फर्छ्योट गरे । यो ४५.२२ प्रतिशत हो । 
०७१ सालदेखि ०७६ सम्ममा देशभरका सबै तहका अदालतमा कूल १० लाख ७८ हजार ३ सय ६३ थान मुद्दा थिए । जसमध्ये ६ लाख २० हजार ४ सय ३६ थान मुद्दा फर्छ्योट भएका छन् । 

१८ अर्ब जरिवाना, १ लाख वर्ष कैद असुल

आर्थिक वर्ष ०७१ साउनदेखि ०७६ असार मसान्तसम्म करिब साढे १८ अर्ब जरिवाना र साढे १ लाख वर्ष कैद असुल गरेको छ । न्यायपालिकाले अदालतले गरेका फैसला कार्यान्वयन नभएको भन्दै फैसला कार्यान्वयनका लागि विशेष अभियान नै चलाएको थियो । सो क्रममा यो पाँच वर्षको अवधिमा एक लाख ५३ हजार १ सय ११ वर्ष, ११ महिना कैद असुल भएको सर्वोच्च अदालतको तथ्यांक छ । त्यस्तै, जरिवानातर्फ १८ अर्ब ४० करोड ९१ लाख ३१ हजार ६ सय ७२ रुपैयाँ असुल गरेको छ । अझै अदालतले फैसला गरेको करिब २२ अर्ब जरिवाना असुल गर्न बाँकी रहेको छ । कैदतर्फ १ लाख १४ हजार ९ सय वर्ष कैद असुल गर्न बाँकी रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC