site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
युवाको रगत र पसिना निर्यात गरेर मुलुक समृद्ध हुँदैनः कमल थापा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४५ लाख युवाको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन् । 

राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित श्रमिकहरुको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले श्रमिक र किसानको प्रतिनिधी बताउने कम्युष्टिहरुको दुई तिहाइको सरकार भएको अवस्थामा पनि नेपाली युवाले खाडीमा रगत र पसिना बेचेर आएको रेमिट्यान्सले मात्र मुलुकको अर्थतन्त्र धानीनु दुःखद रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

भ्रष्टाचार हेर्न पनि सक्दिन भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेकै अवस्थामा राज्यको ढुकुटीमा संगठित रुपमा नै ब्रम्हलुट हुँदै गरेका तथ्यहरु बाहिर आएको बताउँदै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै निरिह र असफल प्रधानमन्त्रीको रुपमा जनताले मूल्याङकन गर्ने दिन नआओस् भन्दै कामना समेत गरे । 

सरकारले अवलम्वन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै उनले उद्योग व्यवसाय फस्टाउन नसक्नु, आशातित रुपमा आर्थिक वृद्धिदर नबढ्नु गलत अर्थनीतिको परिणाम भएको बताए । 

Global Ime bank

श्रमिकहरुलाई प्रयोग गरेर वन सामन्त र नव धनाढ्यहरुको दिनप्रतिदिन वृद्धि भइरहेको बताउँदै अध्यक्ष थापाले नेपालको इतिहासमै श्रमिकहरुको चरम शोषण भइरहेकोले यसतर्फ ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ध्यानाकर्षण गर्दै तल्लो तहसम्म संगठन विस्तार गरेर श्रमिकहरुको हितमा जोडदार आवाज उठाउन आग्रह गरे ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC