site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चेपाङहरू अझै बेघर रहनुले देशको विकास योजना कति खोक्रो रहेछ भन्ने पोल खुल्छ । चेपाङहरूको विकासका नाममा राज्यले आधा शताब्दीभन्दा बढी समय विशेष कार्यक्रम सञ्चालन गरेको थियो । विडम्बना, अहिले पनि अधिकांश चेपाङ घरबारविहीन छन् । चितवनको राप्ती नगरपालिका–१३ का १०७ परिवार चेपाङलाई घर बनाइदिने आश्वासन दिएर ठग्न खोज्नेहरू पनि संयोगले चेपाङ नै परेछन् । चेपाङ अगुवाले अलिकति होसियारी गरेकाले उनीहरू ठगिनबाट भने जोगिए छन् । यसरी नै पहिले पनि चेपाङहरू ठग्ने ठगिने भइरहेको रहेछ । तर, यो समाचार ठगीको विफलताको भन्दा पनि समग्रमा नेपालको विकास कार्यक्रम र विशेषगरी जनता आवास योजनाको असफलताको टड्कारो उदाहरण हो । नेपाल सरकारले आर्थिक वर्ष २०६६÷६७ बाट ‘‘लोपोन्मुख र अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गहरूलाई आवासको व्यवस्थाका लागि’’ बजेटमै रकमको व्यवस्था गरी ‘जनता आवास कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।

मूलतः चितवन, मकवानपुर, गोरखा, धादिङमा बसोवास गर्ने चेपाङहरू नेपालका अतिपिछडिएका आदिवासी हुन् । सायद नेपालमा सबैभन्दा पहिले विकास कार्यक्रम सञ्चालन गरिएको पनि चेपाङहरूकै नाममा होला । पञ्चायतको प्रारम्भतिरैबाट प्रजा विकास कार्यक्रमका नाममा स्थानीय विकास मन्त्रालयअन्तर्गत विशेष कार्यक्रम सञ्चालन गरिएको थियो । तर अहिलेसम्म पनि अधिकांश चेपाङ अशिक्षित र गरिबमात्र हैन घरबारविहीन छन् । यसैले उनीहरूलाई सजिलै लोभ्याउन र ठग्न खोज्छन् । अधिकांश अवस्थामा त्यस्ता फटाहाहरू सफल पनि हुन्छन् । चेपाङहरूका लागि पनि घर नबाउने हो भने जनता आवास कार्यक्रमको कुनै औचित्य रहँदैन । लागु भएपछिका सबै वर्षमा जनता आवास कार्यक्रमको लक्ष्य पूरा भएको छैन । अर्कातिर, चितवनको राप्ती नगरपालिका–१३ चेपाङहरूकै अवस्थामा लगभग चेपाङहरू घरबारविहीन छन् । गरिब जनता लक्षित विकास कार्यक्रममा देखिएको यस्तो विसंगतिले प्रशासकीय शैलीमै आमूल परिवर्तन गर्नुपर्ने पुष्टि हुन्छ ।

राज्यले अहिलेसम्म चेपाङका नाममा खर्च गरेको रकम तिनलाई सोझै दिइएको भए सबै चेपाङ निम्नमध्यम वर्गमा पुग्ने थिए होलान् ।  सोझा चेपाङहरू एकातिर ठगहरूको बल्छीमा सजिलै पर्छन् भने अर्कातिर छट्टुहरू तिनको गरिबीको दोहन गर्न मौका ढुकेर बस्ने गरेका छन् । समाचारमा खुलेको त छैन तर ठग चेपाङहरू सम्भवतः सत्तारुढ दलका र नभए विपक्षी दलका कार्यकर्ता हुनसक्छन् । गैरसरकारी संस्थाको आवरणमा जे पनि गर्ने छुट त यसै पनि सरकारले दिएकै छ । सक्कली कामै गर्ने सामाजिक संस्थामा सरकारको सधैँ नै वक्रदृष्टि पर्छ तर ठगहरू धेरैजसो सरकारी संयन्त्रकै सहयोगमा सञ्चालित हुन्छन् । यस्तो विसंगतिको अन्त्य सरकारको सोच र कार्यशैलीमा आमूल परिवर्तनविना सम्भव हुँदैन । तत्कालका लागि सरकार अलिकतिमात्रै पनि जनताप्रति उत्तरदायी भए कम्तीमा चितवनको राप्ती नगरपालिका–१३ का १०७ परिवार चेपाङलाई यही आर्थिक वर्षमा जनता आवास कार्यक्रम वा अरू कार्यक्रमबाट घर बनाएर उपलब्ध गराओस् । लम्बेतान निर्देशिका वा तानतुन पारेको प्रगति विवरणले कार्यक्रम सफल भएको ठहरिँदैन । नत्र, जति नै तहमा सरकार भए पनि जनताका लागि शासन खोक्रो सिद्ध हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC