site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
पर्यटन वर्ष सफल बनाउन सरकारले गर्नैपर्ने काम 

‘‘मुलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकाससमेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्त्वपूर्ण आयाम हो । उल्लेखित पक्षलाई हृदयंगम गरी नेपाल सरकारले कम्तीमा वार्षिक २० लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष, २०२० अभियान सञ्चालन गरिरहेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई विश्वस्तरमा तथा नेपालभर प्रचारप्रसार गरी अनुपम प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको एक प्रमुख गन्तव्यको रुपमा विश्व पर्यटन बजारमा नेपाललाई दिगोरुपमा स्थापित गर्नका लागि विश्वको हरेक कुना, तह र तप्कामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट उल्लेखनीय सहयोगको मैले अपेक्षा गरेको छु,’’ नेपाल भ्रमण वर्ष, २०२० मूल आयोजक समितिका संयोजकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले अघिल्लो साता देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई गरेको यो अनुरोधले केही सकारात्मक सन्देश प्रवाह गरेको छ ।

नेपालको विकास र समृद्धिको अभियानमा सरकार सँगसँगै रहेका विदेशमा रहेका नेपाली युवा जोस जाँगरसहितका व्यक्ति मन्त्री हुँदा भनेको काम पूरा हुनेमा केही विश्वस्त पनि छन् । तर, पर्यटन वर्ष सफल बनाउन ससाना काम तत्कालै गर्नुपर्ने देखिन्छ । 

हुनत मन्त्री आफैँले पनि मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि त्रिभुवन विमानस्थलको सुधारका लागि ध्यानाकर्षण भएको जनाउँदै तत्काल गर्नुपर्ने कामको सुझाव माग गरेका छन् । सामाजिक सञ्जालबाट आएका सुझावलाई मन्त्रीले बेवास्ता गर्न मिल्दैन । त्यहाँ आएका सुझावमा अध्यागमनमा अनावश्यक रुपमा दुःख दिने, झर्केर बोल्ने, पर्यटकको लगेज फोरेर सामान निकाल्ने, चेकजाँचको नाममा दुव्र्यवहार गर्ने काम भइरहेकोमा ध्यानाकर्षण गराइएको छ ।

Agni Group

अध्यागमनकै कारण विदेशी तथा विदेशमा रहेका नेपाली स्वदेश फिर्ता हुँदा नेपाल र नेपालीकै बदनाम भएको छ । सामाजिक सञ्जालमा आएका यस्ता सुझावलाई मन्त्रीबाट उपेक्षा भयो भने फेरि पनि त्रिभुवन विमानस्थलको अवस्था ज्युँका त्युँ रहनसक्छ । 

पर्यटन वर्ष, २०२० सम्पन्न गर्न पर्यटक नै आकर्षित हुनुपर्छ । त्यसका लागि भिसा शुल्क मिनाहाले मात्रै नेपालको पर्यटनमा सहयोग पुग्दैन । शुल्क लिए पनि त्यो शुल्कलाई सही सदुपयोग गर्र्नुपर्छ । चिनियाँ नागरिकलाई दिइएको निःशुल्क भिसा शुल्क १० करोड बराबरको छ । त्यो बराबरको रकम चिनियाँ बजारमा प्रचार प्रसारमा खर्च गर्ने हो भने थप दुईलाख चिनियाँ पर्यटक नेपाल भित्रिने थिए । सरकारले यस्ता महत्त्वपूर्ण विषयमा पनि ध्यान दिनैपर्छ ।

Global Ime bank

अर्को कुरा कम खर्चमा वा खर्चै नगरी नेपाल पर्यटन वर्ष सफल बनाउन सकिन्छ । तर, सरकारको इच्छाशक्ति चाहियो । 

विदेशको मञ्चमा नेपाल चिनाउन सकिन्छ । कुनै पनि पर्यटक ४० डलरको भिसा शुल्क नलाग्नाका कारणले आफ्नो अमूल्य समय र पैसा खर्चेर अरु कुनै देशमा घुम्न जाँदैनन् भन्ने बुझ्नु जरुरी छ ।

सुरुवात कहाँबाट गर्ने त ?

पहिला प्रधानमन्त्रीसँग नै गहन रुपमा छलफल हुनुपर्‍यो । अहिलेको मासिक भिसा फिलाई बन्द गरियोस् । कुनै पनि पर्यटक नेपाल आउँदा ६ महिनाको मल्टिपल भिसा सय डलरमा उपलब्ध गराइयोस् । डिज्नी ल्याण्ड घुम्ने पर्यटकले १५० डलर एक दिनका लागि तिर्छन् भने विश्वको सुन्दर देश घुम्नका लागि सय डलर ठूलो रकम होइन । त्यसका केही फाइदा पनि छन् भन्ने बुझाउन सक्नुपर्छ । औसतमा दुई साता बस्ने पर्यटकले आफ्नो बसाइलाई बढाउनेछन् ।

भारत, चीन, थाइल्यान्ड मन नपराउने पर्यटक बिना कुनै झन्झट नेपाल बस्नेछ । भिसा शुल्कमार्फत राजस्व तीन गुणाले वृद्धि भई करिब ११ अर्ब पुग्नेछ । त्यसको एक तिहाइ रकम पर्यटन विकासका लागि विदेशमा मार्केटिङमा छुट्ट्याए हुन्छ ।  भिसा शुल्कबाट आएको एक तिहाइ रकम विश्व बजारमा१० वर्ष सही तरिकाले प्रचारप्रसारमा खर्चिने हो भने बीस लाख होइन एक करोड पर्यटकका लागि नेपाली पर्यटक व्यवसायीहरु तयार हुनुपर्नेछ ।

पर्यटन बोर्डको प्रभावकारिता र प्रतिफल आशालाग्दो नभएको र विगतमा भ्रष्टाचारका अनेक कुरा बाहिर आएको हुँदा पर्यटन मन्त्रीले सूक्ष्म निरीक्षण र विदेशमा पर्यटन प्रवर्द्धनमा त्यहाँ आएको अधिकांश रकम खर्चनुपर्ने बाध्यात्मक नियम बनाउन आवश्यक देखिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थललाई नै कुरुप बनाउने अव्यवस्थित विज्ञापन तुरुन्त निकाल्नुपर्छ । अध्यागमन विभागको पूरै समूह नै परिवर्तन गर्नुपर्छ ।

बैंकको लाइनमा राजस्व तिरेर फेरि अध्यागमनको लाममा लाग्दा पर्यटकहरुलाई अन्योल हुनेहुँदा एउटै लाममा भिसा लिन र भुक्तानी गर्न मिल्ने बनाउनुपर्छ । ३० वर्षभन्दा मुनिका राम्रो अंग्रेजी बोल्न सक्ने युवालाई भिसा काउन्टरको जिम्मा लगाउनुपर्छ । अत्याधुनिक र व्यवस्थित नयाँ भिसा काउन्टर बनाउनुपर्छ । यो अत्यन्त आवश्यक पनि छ ।

लामो दूरी पार गरेर थाकेर आएका पर्यटक पुराना राम्ररी काम नगर्ने कर्मचारीका कारण दिक्क देखिन्छन् । अध्यागमनको लाममा घन्टौं बसेपछि पनि राजस्व पहिले तिर्नुपर्छ भनिदिएपछि बैंकमा जानुपर्ने अर्को बाध्यता छ । बैंकमा लाइन बस, राजस्व तिरेर फेरि अध्यागमनको लाइन, त्यसपछि सुरक्षा जाँच !
हे भगवान ! आफ्नो ब्याग लिन जाँदा फेरि सुरक्षा जाँच ? कहिँ नभएको जात्रा नेपालमा ! यस्तो झन्झटिलो व्यवस्थालाई व्यवस्थित गरियोस् । 

पर्यटकलाई लागोस् – नेपाली भूमिमा पाइला राख्नासाथ नेपालीहरुले हृदयदेखि नै स्वागत गरेका छन् ।   विदेशमा रहेका नेपालीहरुलाई कुनै लगानीबेगर पर्यटक प्रवर्द्धनमा परिचालन गर्न सकिन्छ । त्यतिमात्रै होइन, महावाणिज्य र पर्यटन दूतहरुले के गरिरहेका छन् मन्त्रीले लिखित जवाफ माग्नुपर्छ ।
विदेशमा कार्यक्रम गरेर जी – ८ का कुनै पनि एक राष्ट्र प्रमुखलाई अतिथि बनाइ कार्यक्रमको उद्घाटन गराउनुपर्छ । त्यति गर्न सकेमा नयाँ पर्यटनमन्त्रीको कामको समीक्षा त्यहीँबाट हुनेछ ।

एउटा पर्यटक विमानस्थलबाट बाहिरिँदै गर्दा त्यसले पाउने दुःख अर्को छ । त्यतातर्फ पनि मन्त्रीले ध्यान दिनैपर्ने देखिन्छ । नेपालमा रहेका क्षेत्रीय विमानस्थलको अवस्था दयनीय छ । थोरै रकम खर्च गरेर पनि स्तरोन्नति गर्न सकिने थियो । लस एन्जलसजस्तो विमानस्थलमा कार्यरत इन्जिनियर र आर्किटेकहरु निःशुल्क सेवाका लागि तयार छन् ।

यस्ता अनेक विषय छन् । नेपाल वायुसेवा निगम, पर्यटन प्रहरी, पर्यटकीय गन्तव्य र यसका व्यवस्थापन इत्यादि समय भए घटौं छलफल गर्नसकिन्छ ।  टेलिभिजन अन्तर्वार्तामा मन्त्रीले केही गर्ने चाहना व्यक्त गरेको पाइएकाले केही सुझाव दिएको हो । आफ्नो कार्यालयमा आफ्ना मान्छे नभेटी समयको सदुपयोग गर्दै पर्यटनका लागि समय खर्च गर्नुपर्छ ।

एकवर्षमा सबै नेपालीले महसुस गर्नेगरी पर्यटन विकासका लागि काम गर्न सफलताको कामना व्यक्त गर्छु ।

हालः क्यालिफोर्निया 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC