site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तिब्बतीयनलाई नेपाली नागरिकता सिफारिस गर्ने वडाध्यक्षसहित तीनजना पक्राउ
Ghorahi CementGhorahi Cement

पोखरा । तिब्बतीयनलाई नेपाली नागरिकताका लागि सिफारिस गर्ने एक वडाध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहेका छन् । 

पोखरा २५ हेमजास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका सरु थापामगर र तासी आङ्मो थापामगरलाई आफ्नो छोरी बनाई पोखरा १८ सराङकोटका लेखबहादुर थापाले नागरिकता दिलाएका थिए । सोही नागरिकता दिलाउनको लागि वडाध्यक्ष थापाले अन्तिम सिफारिस गरेका थिए । नागरिकता दिलाउन सहयोग गर्ने आठ जनालाई साउन २४ गते नै पक्राउ गरिएको थियो ।

Agni Group

कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार पक्राउ पर्नेहरु नागरिकता सिफारिस गर्नमा सहयोगी भूमिका खेलेका थिए । तिब्बतीयनलाई नेपाली नागरिकता दिनको लागि सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने दुई युवती र सर्जमिन मुचुल्कामा दस्तखत गर्ने पाँच जनालाई समेत कास्की प्रहरीले पक्राउ गरेको थियो । 

उक्त मुचुल्कामा दस्तखत गर्ने पोखरा १८ सराङकोट नै बस्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर प्रहरी हिरासतमै छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले दुवैजनाले लिएको नागरिकता समेत रद्द भइसकेको जनाएको छ । सरु थापामगरका नाममा जेठ २६ गते ४६-०१-०७६-२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते ४६-०१-०७६-०१६३३ नम्बरका २ नागरिकता जारी भएको थियो ।

Global Ime bank

नागरिकता ऐन, २०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता लिएमा एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाखरुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। झुठो विवरण पेस गरी लिएको नागरिकता रद्द हुने कानुनी प्रावधान छ ।

झुठो विवरणका आधारमा विदेशीलाई नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।

प्रचलित ऐन विपरित त्यस्ता व्यक्तिलाई नागरिकता दिलाउने कार्यमा संलग्न कर्मचारीलाई भने विभागिय कारबाही हुने व्यवस्था छ । विभागिय कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयका नागरिकता फाँटमा काम गर्ने प्रशासकीय अधिकृत ऋषिराम आचार्य, पेस गर्ने नासु डाँसीराम लामिछाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापालाई सिफारिस गरिएको छ ।

त्यस्तै, वडाका पञ्जिधिकारी राजेन्द्र पौडेल र विष्णु पौडेललाई समेत विभागीय कारवाहीको लागि सिफारिस गरिएको थियो । वडाका कर्मचारीले दुई युवतीको जन्मदर्ता २ पटक गराएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC