site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दुई अमेरिकी मुसलमान महिलालाई इजरायल प्रवेशमा प्रतिबन्ध
Ghorahi CementGhorahi Cement

इजरायलले अमेरिकाका दुई जना मुसलमान महिला सांसदहरुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ । इजरायल सरकारका प्रमुख आलोचक मानिएका अमेरिकाका मुसलमान महिला सांसदहरु इल्हान उमर र रशीदा तलैबमाथि इजरायलले मुलुक प्रवेशमा प्रतिवन्ध लगाएको हो । 

उनीहरु आगामी साता इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंक र पूर्वी यरूशलम जाँदै थिए । सांसद इल्हान उमरले इजरायलको यो कदमलाई लोकतान्त्रिक मूल्य मान्यताको अपमान र मित्र राष्ट्रका सरकारी अधिकारीहरुका लागि डरलाग्दो प्रतिक्रिया बताएकी छन् । 

Agni Group

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरका माध्यमबाट ती महिला सांसदहरुको इजरायल प्रवेशमा प्रतिबन्ध लगाउने माग गर्दै उनीहरुलाई इजरायल प्रवेश गर्न दिनु ‘ठूलो कमजोरी’ हुने बताएका थिए । 

ट्रम्पले ट्विटरमा लेखेका थिए, “इजरायल यदि आदरणीय उमर र आदरणीय तलैबलाई आफ्नो देशमा घुम्ने अनुमति दिन्छ भने यो उसको ठूलो कमजोरी हुनेछ । यी दुबै सांसद इसराइलका नागरिक र यहुदीहरुलाई घृणा गर्दछन् । उनीहरुको सोचमा परिवर्तन ल्याउनका लागि केही पनि गर्न सकिँदैन । मिनिसोटा र मिशिगनका लागि उनीहरुलाई दोस्रो पटक चुन्नु अत्यन्तै कठिन हुने छ । यि दुबै एक कलंक हुन् ।”

Global Ime bank

बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १३:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC