site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको जलस्रोतः एक सिंहावलोकन

नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर छ । विसं. २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६६ लाख रहेको देखिन्छ । यसरी हाम्रो देशको जनघनत्व १८० जना प्रतिवर्ग किमी पर्न आउँछ । नेपाललाई जलस्रोतको धनी देश भनिन्छ । यो लेख विश्व जलस्रोत एवं यस क्षेत्रको जलस्रोतमा नेपालको स्थिति कस्तो छ भन्ने बारेमा छोटकरीमा जानकारी दिने उद्देश्यमा केन्द्रित हुनेछ ।

१. विश्व जलस्रोतमा नेपालको स्थिति

पृथ्वीमा करिब १.३६ अर्ब घन किमी पानी छ । यसमध्ये पृथ्वीको करिब ७१ प्रतिशत भूभाग ओगटेको समुद्रमा पृथ्वीको ९७.२ प्रतिशत अर्थात १.३२ अर्ब घन किमी जति पानी छ । यो पानीमा नुनको मात्रा एकदम बढी भएकाले नुनिलो छ । त्यस्तै जमीनमा रहेका पानीका स्रोतमध्ये ताल र भूमिगत जलभण्डारमा रहेको पानीको ठूलो हिस्सा पनि नुनिलै छ । यस्तो नुनिलो पानी खानपिन, सिंचाइ आदिको लागि प्रयोग गर्न सकिँदैन । नुनको मात्रा कम भएको स्वच्छ पानी विश्वमा ३.५ करोड घन किमीमात्र रहेको अनुमान गरिएको छ । यसमध्ये पृथ्वीको धु्र्रवीय क्षेत्रमा २.९ करोड घन किमीभन्दा बढी पानी बरफको रूपमा रहेकोले अहिलेको प्रविधिको स्तरलाई हेर्दा त्यो पानीलाई तत्काल कुनै प्रयोजनमा ल्याउन सकिने देखिँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सजिलै प्रयोजमा आउन नसक्ने पानी हटाउँदा पृथ्वीको नदीनाला, तालतलाउ र भूमीगत जलभण्डारमा मानिसको लागि उपयोगमा ल्याउन सकिने स्वच्छ पानी जम्माजम्मी ४३ लाख घन किमीमात्र रहन जान्छ । यसमा सदियौंदेखि जम्मा भएको भूमिगत जल र तालमा रहेको पानी पनि पर्छ । दिगो प्रयोगमा आउन सक्ने कुरामा ध्यान दिँदा वार्षिकरुपमा प्रयोगमा ल्याउन सकिने पानी भनेको नवीकरण भइरहने पानीमात्र हो । यस्तो पानीको लेखाजोखा गर्दा विभिन्न प्रयोग गर्न सकिने पानी विश्वमा ४४ हजार घन किमी जतिमात्र रहेको देखिन्छ । 

नेपालको नवीकरणीय जलस्रोत १९८ घन किमी रहेको अनुमान गरिएको छ । यो विश्वको प्रयोगमा आउन सक्ने पानीको ०.४५ प्रतिशतमात्र हुन आउँछ । क्षेत्रफलको हिसाबले जमीनको ०.१ प्रतिशत भाग अ‍ोगटेको नेपालमा ०.४५ प्रतिशत पानीको हिस्सा रहेबाट नेपाललाई जलस्रोतमा धनी देश मान्न सकिन्छ ।

Global Ime bank

क्षेत्रफलको आधारमा विश्वको ०.१ प्रतिशत र एसियाको ०.६ प्रतिशत भूभाग नेपालले ओगटेको छ भने जनसंख्याको आधारमा हेर्दा विश्वको ०.४२ प्रतिशत र एसियाको ०.७५ प्रतिशत मानिस नेपालमा रहेको पाइन्छ । यसबाट नेपालको जनघनत्व विश्वको औसत जनघनत्व भन्दा झन्डै ४ गुणा र एसियाको भन्दा सवागुणा जति बढी रहेको देखिन्छ । विश्वमा आन्तरिक र कुल नवीकरणीय जलस्रोतमा ब्राजिल सबभन्दा धनी देखिन्छ भने नेपालको स्थान क्रमशः ३६ औं र ४३ औंमा पर्छ । यहा“ आन्तरिक नवीकरणीय जलस्रोत भन्नाले वर्षभरमा आफ्नो देशको भूभागभित्र उपलब्ध हुनसक्ने जलस्रोतलाई र कुल जलस्रोत भन्नाले आन्तरिकरूपमा उपलब्ध हुने जलस्रोतको साथै अन्य देशहरुबाट सम्बन्धित देशमा भित्रिने एवं त्यो देशको सीमासँग जोडिएका ताल वा नदीबाट विभिन्न प्रयोजनका लागि लिइने जलस्रोत समेतलाई बुभ्mनुपर्छ । कुल नवीकरणीय जलस्रोतलाई वास्तविक नवीकरणीय जलस्रोत पनि भनिन्छ । जनसंख्या कम र उपलब्ध जलस्रोत धेरै भएको ग्रीनल्यान्ड प्रतिव्यक्तिको लागि उपलब्ध हुने जलस्रोतमा एक नम्बरमा पर्छ । यसमा नेपालको स्थान ६४ औं (आन्तरिक नवीकरणीय जलस्रोतमा) र ७४ औं ( कुल नवीकरणीय जलस्रोतमा) रहेको छ । तर, प्रति वर्गकिमी क्षेत्रफलमा उपलब्ध पानी हेर्दा भने आन्तरिकरूपमा उपलब्ध जलस्रोतमा नेपालको स्थान २२ औं र कुल जलस्रोतमा ३२ औं देखिन्छ । यसबाट नेपाल जलस्रोतमा धनी देश भएपनि कुल होस् वा आन्तरिक, प्रतिव्यक्ति प्रतिवर्ष उपलब्ध हुने जलस्रोत होस् वा प्रति इकाइ क्षेत्रफलको आधारमा निकालिएको होस्, अहिले भन्दै आइएजस्तो विश्वको दोस्रो धनी देश भने होइन भन्ने स्पष्ट हुन्छ ।

सन् २००० को तथ्याङ्कअनुसार विश्वमा, एसियामा र नेपालमा कृषि, औद्योगिक र घरायसीजस्ता विभिन्न प्रयोजनमा प्रतिव्यक्ति प्रतिवर्ष क्रमशः ६३२, ६३२ र १,४५१ घनमिटर पानी प्रयोग भइरहेको देखिन्छ । यसबाट विश्वमा भएको कूल नवीकरणीय जलस्रोतको ७.४ प्रतिशतमात्र प्रयोग भइरहेको छ भन्ने बुझिन्छ । एसियाको हकमा यो अंक १५.७% र नेपालमा १८.७ प्रतिशत हुन आउँछ । यसबाट विश्वमा वार्षिकरूपमा उपलब्ध पानीको सानो भागमात्र प्रयोगमा आएको देखिन्छ । तर, सन् २००० को तथ्यांकअनुसार विश्वका २१ देशमा कुल नवीकरणीय पानीभन्दा बढी पानी प्रयोग हँुदैआइरहेको तथ्य पनि भेटिन्छ । उदाहरणको लागि बहराइनमा उसकोे वार्षिक नवीकरणीय पानीभन्दा ७५ गुणा, इजिप्टमा ३८ गुणा, साउदी अरेबियामा ७ गुणा, इजराइलमा ३ गुणा, हङ्गेरीमा सवागुणाभन्दा बढी पानी प्रयोग भइरहेको पाइन्छ । हाल प्रयोगमा ल्याइएको पानीमा कृषिमा सबभन्दा बढी पानी प्रायोग हुनेगरेको देखिन्छ । तर, विकसित देशहरुमा भने औद्योगिक प्रयोजनमा पनि पानीको ठूलो मात्रा प्रयोग गरेको भेटिन्छ । 

नेपालको प्रतिव्यक्ति प्रतिवर्ष उपलब्ध जलस्रोत विश्वको औसतको हाराहारीमा रहेको पाइन्छ । तर, एसियाको प्रतिव्यक्ति प्रतिवर्ष उपलब्ध जलस्रोत भने विश्वको औसतको आधाभन्दा कम अर्थात ३,९९० घनमीटरमात्र रहेको देखिन्छ । अझ, मध्यपूर्वी र उत्तर अफ्रिकी देशमा यो अंक १,३८३ घनमीटरमात्र रहेको छ । यसरी मध्यपूर्वी र उत्तर अफ्रिकी देशमा मात्र नभएर बढ्दो जनसंख्या र भावी औद्योगीकरणलाई दृष्टिगत गर्दा भविष्यमा एसियामा समेत पानीको चाप स्वतः बढ्दै जाने देखिन्छ । तर, नेपाल कुल उपलब्ध जलस्रोतमा भन्दा आन्तरिकरूपमा उपलब्ध जलस्रोतमा अग्रणी स्थानमा रहनु, आन्तरिक र कुलरूपमा उपलब्ध जलस्रोतको अनुपात ठूलो (९४ प्रतिशत) हुनु र प्रतिव्यक्ति ७ हजार घनमीटर पानी उपलब्ध हुने देखिनुबाट विश्वका अन्य मुलुकको तुलनामा जलस्रोतमा नेपालको स्थिति एकदम राम्रो रहेको पुष्टि हुन्छ ।

२. दक्षिण एसियाको जलस्रोत र नेपालको स्थिति

यस क्षेत्रको जलस्रोतको तुलनात्मक अध्ययन गर्न चीन तथा सार्क देशहरूको आन्तरिक एवं कुल नवीकरणीय जलस्रोत, तिनमा प्रतिव्यक्तिको हिस्सा, हाल ती मुलुकमा प्रयोगमा आइरहेको जलस्रोत हेरिएको छ । चीन र भारत अरु देशका तुलनामा धेरै नै ठूला भएकाले मात्रात्मक हिसाबले यी देशमा धेरै जलस्रोत हुनु स्वाभाविक हो । तर, ती देशमा जनसंख्या पनि धेरै भएकाले आन्तरिक होस् वा कुल, प्रतिव्यक्ति उपलब्ध जलस्रोत भने कम छ । जनसंख्याको तुलनामा जलस्रोत बढी भएको भुटान यस क्षेत्रमा प्रतिव्यक्ति सबभन्दा बढी जलस्रोत भएको देशमा पर्छ । भुटानी जनता एकजनाको भागमा प्रतिवर्ष करीब ४३ हजार घनमीटर पानी पर्न आ“उछ । सार्क देशको औसत भने १,२०० घनमीटर प्रतिव्यक्तिमात्र छ । आन्तरिकरूपमा प्रतिव्यक्ति पानी उपलब्ध हुनेमा भुटानपछि नेपाल (७,३०० घनमीटर प्रतिवर्ष) पर्छ भने कुल उपलब्ध जलस्रोतमा चाहिँ बंगलादेश छ जसको कुल उपलब्ध जलस्रोत प्रतिव्यक्ति ८,५०० घनमीटर रहेको छ । अर्थात्, यसमा बंगलादेश नेपालभन्दा अलिकति अगाडि रहेको देखिन्छ ।

कृषि प्रधान देशमा कृषि तथा अन्य उत्पादनका लागि एक जनाको भागमा करीब २,००० घनमीटर पानी आवश्यक पर्ने मानिन्छ । त्यस्तै पानीको उपलब्धता १,७०० घनमीटर प्रतिव्यक्ति प्रतिवर्ष भन्दा कम भएमा त्यस देशलाई पानीको संकट भएको देश र १,००० घन मीटरभन्दा पनि कम भएमा पानीको महासंकट भएको देशको रुपमा लिइन्छ । यस हिसाबले हेर्दा नेपाल र भुटानमा यथेष्ट पानी भएको पुष्टि हुन्छ । तर, अहिलेकै जनसंख्याको अवस्थामा पनि चीन, अफगानिस्तान र श्रीलंकामा आन्तरिकरूपमा उपलब्ध पानी सबै प्रयोगमा ल्याउन सके पनि पुगेसपुगेसको स्थिति देखिन्छ । बंगलादेश, भारत र पाकिस्तानलाई त पानी नै नपुग्ने स्थिति अहिले नै छ । आन्तरिक जलस्रोतको त कुरै छोडौँ कुल उपलब्ध जलस्रोतको उपयोग गर्दासमेत पाकिस्तानमा अहिले पनि चाहिने जति पानी छैन । पाकिस्तानमा कुल उपलब्ध जलस्रोतभन्दा पनि बढी (१०२ प्रतिशत) पानी खपत भइरहनुले त्यहा“को जलसंकटको अनुमान सहजै लगाउन सकिन्छ । त्यस्तै, अफगानिस्तानमा पनि आन्तरिकरूपमा उपलब्ध जलस्रोतभन्दा बढी नै पानी प्रयोगमा आइरहेको देखिन्छ ।
मालदिभ्सबाहेक यो क्षेत्रका सबै देशमा पानीको प्रयोग कृषि क्षेत्रमा अत्यधिक भएको देखिन्छ । उद्योग व्यवसायमा पानी बढी प्रयोग गर्नेमा चीन अग्रणी स्थानमा छ । उसले कुल उपयोग गर्दै आएको पानीको करिब एक चौथाइ जति औद्याोगिक प्रयोजनमा खर्च गरिरहेको छ । त्यस्तै भारतमा करीब ५ प्रतिशत जति यस क्षेत्रमा प्रयोग हुन्छ भने अरू देशमा २ प्रतिशत वा त्यसभन्दा घटी प्रयोग भइरहेको छ । औद्योगिक क्षेत्रमा पानीको प्रयोग औद्योगिक वस्तु उत्पादन गर्ने क्रममा कलकारखाना धेरै बेर चलिरहँदा ताने पाटपुर्जा चिस्याउने, उत्पादित बस्तु प्रशोधन गर्ने, सफा गर्नेजस्ता काममा प्रयोग हुन्छ । वास्तवमा कुल उपयोग हुने पानीमध्ये यस क्षेत्रमा प्रयोग भएको पानीको मात्राले त्यस देशको औद्योगीकरणको अवस्थालाई दर्शाउँछ । यसबाट यस क्षेत्रमा चीनबाहेक अरू देश औद्योगिक विकासका दृष्टिले एकदम पछाडि रहेको स्वतः स्पष्ट हुन्छ । 

यस क्षेत्रमा सन् २०५० सम्ममा प्रतिव्यक्ति उपलब्ध पानीको स्थिति कस्तो रहला ? यस क्षेत्रमा आन्तरिक जलस्रोतमा २०५० सम्म सबलरूपमा रहने देश भुटान र नेपालमात्र देखिन्छन् भने कुल जलस्रोतको कुरा गर्दा बंगलादेशसमेत आउँछ । चीन भने उपलब्ध जलस्रोतमा सामान्य स्थितिमा रहने देखिन्छ । भविष्यमा भारत र पाकिस्तान दुवै देशमा जल अभावको स्थिति स्पष्ट देख्न सकिन्छ । यसरी यस क्षेत्रका देश भविष्यमा जलसंकटको अवस्थाबाट गुज्रनुपर्ने तर नेपालमा प्रशस्त जलस्रोत रहिरहने तथ्यबाट नेपालको जलस्रोतले यस क्षेत्रमा रणनीतिक महत्त्व राख्ने तथ्य उजागर गर्छ ।

३. नेपालको जलस्रोत 

नेपालमा वर्षा हिमाली क्षेत्रमा हिउँको रूपमा र बाँकी भागमा पानीको रूपमा हुने गर्छ । औसतमा एक बर्षमा नेपालमा १,७५० मीमी जति वर्षा हुने गर्छ । नेपालमा वर्षायामको ४ महिनामा वर्षभर पर्ने पानीको ७५ प्रतिशतभन्दा बढी र बाँकी ८ महिनामा २५ भन्दा पनि कम वर्षा हुने गर्छ । त्यस्तै देशको विभिन्न भागमा वर्षभरमा पर्ने पानी पनि एक नासको नभएर ठाउँ हेरी फरकफरक मात्रामा पर्ने गरेको पाइन्छ । 

नेपालका नदीमा हुने जल बहाव पनि आकाशबाट पर्ने पानीसँग मिल्ने हुनाले वर्षायामको ४ महिनामा वर्षभर हुने बहावको ७५प्रतिशतको हाराहारीमा र बाँकी ८ महिनामा २५ प्रतिशत जतिमात्र हुने गर्छ । हिमाली क्षेत्रबाट उत्पत्ति भएका हिउँ नदी वा हिमाली नदी, महाभारत क्षेत्रबाट उत्पन्न भएका पर्वतीय नदी र चुरिया क्षेत्रबाट उत्पन्न भएका चुरिया नदी नेपालका प्रमुख नदी हुन् । हिमाली नदी, पर्वतीय नदी र चुरीया नदीहरुबाट कुल बहावको क्रमशः ८४, ९ र ७ प्रतिशत बहाव हुनेगरेको देखिन्छ । 

यसरी नेपालका नदीनालाबाट बर्षमा ६,१५३ घनमीटर प्रतिसेकेन्ड अर्थात १९४ घन किलोमीटर पानी उपलब्ध हुने देखिन्छ । तराई र देशभरका उपत्यकामा, नदीहरूमा बग्ने पानीको १० प्रतिशत जति पानी भूमिगत जलका रूपमा रहेको अनुमान गरिएको छ । त्यस्तै, देशका विभिन् भागमा रहेका ताल तलाउमा करिब ०.५ घन किलोमीटर पानी रहेको अनुमान गरिएको छ । यसरी नेपालको कुल जलस्रोत २१४ घन किलोमीटर देखिन्छ । यो मात्रा नेपालको क्षेत्रफलको दृष्टिकोणबाट र प्रतिव्यक्ति प्रतिवर्ष पर्ने मात्रा दुवैबाट हेर्दा प्रशस्त हो । 

४. नेपालको जलस्रोत विकासका संभावना र चुनौती

नेपालमा जलस्रोत प्रशस्त छ । यसको सही व्यवस्थापन गरेर उचित तरिकाले प्रयोगमा ल्याउन सके सिंचाइ विकास गरी कृषि उत्पादन बढाउन सकिने, सबैलाई खानेपानीको सुविधा पुर्याउन सकिने, धेरै पानी चाहिने खालका नया“ उद्योगको स्थापना गर्न सकिने, जलविद्युत् विकास गरेर ऊर्जाको रूपमा उपयोगमा ल्याउन सकिने सम्भावना प्रशस्त देखिन्छ । 

औसतमा विभिन्न प्रयोजनका लागि चाहिने पानी प्रशस्त देखिए पनि नदी बहावमा आउने समयगत विषमताले गर्दा नेपालको पानी वर्षायाममा त्यसै खेर गइरहेको हुन्छ भने हिउँदमा सिंचाइ, खानेपानी, जलविद्युत् उत्पादनजस्ता विभिन्न प्रयोजनको लागि पुग्दैन । अझ बर्षायाममा त बाढी, पहिरोजस्ता जल उत्पन्न प्रकोपबाट नेपाल पीडितसमेत हुन्छ । यसैले जल उत्पन्न प्रकोपबाट हुने क्षति कम गर्न र वर्षभरी चाहिने जति पानी उपलब्ध गराउन नदीहरुमा बाँध बाँधेर बर्षाको पानी संचय गर्ने र पानीको अभाव हुने हिउँदमा त्यसको प्रयोग गर्नुपर्ने देखिन्छ । साथै कृषि पोखरी, बन पोखरी, बाढी पानी पोखरी जस्ता जल संकलनका उपाय प्रयोगमा ल्याएरमात्र वर्षामा हुने बाढी, पहिरोको संकट र हिउँदमा हुने जल अभावको समस्यालाई कम गर्न सकिन्छ । 

कुनै पनि देशको जलस्रोत विकासका लागि योजनाविद् एवं राजनीतिज्ञहरूमा त्यस देशका जनताको दक्षता, सामाजिक परिवेश, सांस्कृतिक परम्परा एवं आर्थिक अवस्थामामा आधारित स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ । साथै जलस्रोतसम्बन्धी कार्यक्रम वा योजना बनाउँदा योजनाविद् तथा निर्णयकर्ताले आप्mनो उच्च शिक्षा एवं आयातित सिद्धान्तप्रति पूर्वाग्रही नबनी देशका जनता नै यसका उपयोगकर्ता भएकाले उनीहरूको चाहनाबमोजिम गर्नुपर्छ । नेपालमा रहेको प्रचुर जलस्रोतको नेपाल र नेपालीको हितको लागि सही उपयोग गर्न सके नेपालको आर्थिक एवं सामाजिक विकासलाई अगाडि बढाउन सकिने देखिन्छ ।

यो पनि, नेपाल जलस्रोतमा दोस्रो धनी देश होइन ?

तालिकाहरू

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC