site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विभाग र केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउन नेकपाको सचिवालय बैठक बस्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा गडबडी भएपछि रोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा यसअघि थाँती रहेका कार्यसूचीमा छलफल हुने सचिवालयका नेताहरूले जानकारी दिएका छन् ।

नेकपामा विभाग र केन्द्रीय सदस्यहरूको कार्यविभाजन बाँकी छ । ३२ वटा विभागमध्ये स्कुल विभाग पेचिलो बनेको छ । ३२ विभागमध्ये १८ वटा पूर्वएमाले र १४ वटा पूर्वमाओवादी केन्द्रले लिने सैद्धान्तिक समझदारी भए पनि विभाग प्रमुख टुंगो लागेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

संगठन विभाग प्रमुख वामदेव गौतम र विदेश विभागमा माधवकुमार नेपाल प्रस्तावित भए पनि बाँकी विभाग प्रमुख विषयले सचिवालयमा प्रवेश पाएको छैन । सचिवालय सदस्य ईश्वर पोखेरलले आ–आफ्ना साविक पार्टीमा छलफल भए पनि स्कुललगायत अन्य विभागबारे सचिवालयमा छलफल नै नभएको बताए । 

पूर्वएमालेबाट स्कुल विभागमा ईश्वर आकांक्षी छन् । पूर्वमाओवादी केन्द्रबाट भने नारायणकाजी श्रेष्ठको नाम अघि सारिएको छ ।

Global Ime bank

आकांक्षी बढ्दै गएर एकता प्रक्रिया नै अवरुद्ध भएपछि पार्टी स्कुल विभाग पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आफैँले राख्ने गरी बाँकी विभाग टुंगो लगाउन लागिएको स्रोतको दाबी छ ।

आज बस्न लागेको सचिवालयको बैठकले विभागलाई पूर्णता दिने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC