site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलले रोकिदियो अमेरिकी सांसदको भ्रमण
Sarbottam CementSarbottam Cement

जेरुसेलम । इजरायलले अमेरिकाका दुई जना विपक्षी सांसदले गर्न लागेको भ्रमणमा रोक लगाएको छ । विपक्षी डेमोक्र्याट सांसद इल्हान ओमार र रशिदा त्लइबले इजरायल भ्रमण गर्न लागेका थिए । उनीहरुको भ्रमण तय भइसकेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै ती दुई सांसदलाई भ्रमण गर्न दिएमा इजरायलको ठूलो कमजोरी हुने बताएका थिए । उनले उनीहरुलाई इजरायल भ्रमणमा रोक लगाउन समेत आग्रह गरेका थिए ।

गएको महिना अमेरिकाका लागि इजरायलका राजदूत रोन डर्मरले  ती सांसदलाई इजरायल भ्रमणको अनुमति दिइने बताएका थिए ।  इजरायलले आफूलाई कम आँक्ने अभियानका समर्थकहरुलाई भ्रमणमा रोक लगाउने गरेको छ । विगतमा अमेरिकाका ती दुवै सांसदहरुले अभियानको रुपमा त्यसखालका गतिविधिमा संलग्नता देखाउँदै आएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी राष्ट्रपति ट्रम्पको इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातान्याहुसँग राम्रो सम्बन्ध रहँदै आएको छ । ट्रम्पले केही साता अघि अहिले इजरायल जान रोकिएका सांसद समेतलाई आफू आएकै देशमा फर्किन समेत आग्रह गरेका थिए । 

ट्रम्पले विहीबार गरेको ट्विटमा उनीहरुले इजरायल र यहुदीहरुलाई घृणा गर्ने गरेको  र उनीहरुको दिमागलाई परिवर्तन गर्नका लागि केही पनि गर्न नसकिने समेत जनाएका छन् ।  अमेरिकी मिडियाले जनाए अनुसार दुवै सांसद आउँदो आइतबार त्यसतर्फ जान लागेका थिए । उनीहरु इजरायलमा रहँदा संवेदनशील क्षेत्र मानिने जेरुसेलम टेम्पल माउन्टमा जान खोजेका थिए । उनीहरुले इजरायली र प्यालेस्टाइनी शान्ति अभियन्ता लगायतसँग भेट गर्ने कार्यक्रम रहेको थियो । 

Global Ime bank

सो भ्रमणका लागि प्यालेस्टाइनी समूहका एक नेताले आवश्यक बन्दोबस्त गरेका थिए ।त्लइबचाहिं प्यालेस्टाइनी क्षेत्रमा रहेकी आफ्नी हजुरआमासँग थप दुई दिन बस्ने तयारीमा थिइन् । प्रधानमन्त्री न्यातान्याहुले बुधबार विदेश, आन्तरिक मामिला  मन्त्री, राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख र महान्यायाधिवक्तासँग परामर्श गरेको स्थानीय हार्टेज न्यूजपेपरले जनाएको छ ।

इजरायली कानुनमा इजरायललाई आर्थिक, साँस्कृतिक वा प्राज्ञीक हिसाबले देशलाई अपमान गर्र्नेलाई प्रवेश भिसामा रोक लगाउन सक्ने व्यवस्था  छ । (बीबीसीबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ०६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC