site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘स्क्रिन टाइम’ कै कारण किशोरहरुमा चस्माको बढ्दो आवश्यकता
Ghorahi CementGhorahi Cement

एजेन्सी । पछिल्लो समय धेरै सङ्ख्यामा मानिसहरुले, विशेषगरी किशोर र युवाहरुले मोबाइल, कम्प्युटर, टिभी लगायत डिभाइसमा लामो समय बिताएकै कारण चस्मा लगाउनुपर्ने बढ्दो अवस्थाप्रति चिन्ता व्यक्त गरिएको छ । एक नयाँ अध्ययनले बालबालिकालाई सानै उमेरमा चस्मा आवश्यक पर्नुका पछाडि त्यही कारण भएकाबारे अभिभावकलाई चेतावनी दिएको छ । 

‘आइ केयर कम्पनी स्क्रिभेन्स अप्टिसियन्स’ ले सार्वजानिक गरेको रिपोर्ट अनुसार बेलायतमा मात्र १३ देखि १६ वर्षका किशोर किशोरीमा चस्मा लगाउनैपर्नेगरी आँखामा समस्या हुने दर झन्डै दुई गुणाले वृद्धि भइ २० प्रतिशतबाट ३५ प्रतिशत पुगेको छ । ती मध्ये पनि दुई तिहाइ युवाहरुमा टाढाको नदेख्ने समस्या रहेको पाइएको हो ।

Agni Group

यस्तोमा अनुसन्धानकर्ताहरुले घण्टौँ लगातार स्क्रिनमा हेरिरहनुको नतिजा स्वरुप, आँखालाई बढी तनाव भएर दुख्ने, टाढाको राम्ररी नदेख्ने र धमिलो देख्ने जस्तो समस्या भइरहेको निष्कर्ष निकालेका हुन् । अध्ययनमा १३ देखि १६ वर्षका अधिकांशले औसतमा पनि हप्तामा २६ घण्टा स्मार्टफोन हेर्ने, भिडियो गेम खेल्ने वा टिभी हेर्ने गरेको पत्ता लागेको छ । यसरी अत्याधिक स्क्रिन टाइमले दिर्गकालीन समयमा केकस्तो असर पार्न सक्छ भन्नेबारे थप अनुसन्धान गरिनुपर्ने समेत रिपोर्टमा उल्लेख गरिएको छ ।

वास्तवमा बालबालिकाहरुको आँखा किशोरावस्थासम्म बढ्ने क्रममै हुन्छ त्यसैले पनि तिनको दृश्यात्मक क्षमतामा स्क्रिनटाइमले पछिसम्म प्रभाव परिरहेको हुने बताइएको छ । तर अनुसन्धानमा ७३ प्रतिशत अभिभावकका लागि बालबालिकालाई मोबाइलबाट छुटाउनु ठूलो चुनौति रहेको पाइएको हो । थोरै समयका लागि पनि छोराछोरीबाट मोबाइल खोस्नमा कठिनाइ हुनेगरेको तिनले बताएका हुन् । आफ्ना छोराछोरीको स्क्रिन लतबारे थाहा भएपनि उनीहरुले तिनको बानी छुटाउन कुनै प्रभावकारी उपाय लगाउन नसकेको बताएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC