site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
विन्डोज–टेन अपडेट गरिहाल्न माइक्रोसफ्टको चेतावनी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । माइक्रोसफ्टले विन्डोज–टेन का सबै प्रयोगकर्तालाई आफ्नो अपरेटिङ सिस्टम तुरुन्तै अपडेट गराइहाल्न चेतावनी दिएको छ । सफ्टवेयर र भाइरस सम्बन्धी गम्भीर समस्याका कारण कम्पनीले सो बयान जारी गरेको हो । सफ्टवेयरमा समस्या भएकै कारण प्रयोगकर्ताका तर्फबाट केही गल्ती नभएपनि कम्प्युटर भाइरसबाट प्रभावित हुन सक्ने भएकाले अपडेट गराउन भनिएको कम्पनीको भनाइ छ । 

मंंगलबार मात्र माइक्रोसफ्टका ‘डिरेक्टर अफ इन्सिडेन्स रेस्पोन्स’ , साइमन पोपले आफ्नो ब्लग पोस्टमा यसबारे लेखेका छन्, ‘सम्भावित रुपमा लाखौँ कम्प्युटर अहिले संवेदनशील अवस्थामा छन् । त्यसैले प्रभावित सिस्टमहरु तुरुन्तै मरम्मत गर्न जरुरी छ नत्र झन ठूलो खराबी आउन सक्छ । यसका लागि सबैले ‘माइक्रोसफ्ट सेक्युरिटी अपडेट गाइड’ हेरेर त्यहाँबाट नयाँ अपडेट डाउनलोड गर्न गर्नुपर्ने हुन्छ ।’ 

यसरी विन्डोज–टेन मा अटोमेटिक अपडेट राखेकाहरुको कम्प्युटर भने सुरक्षित भइसकेको हुनुपर्ने बताइएको छ । यसमा विन्डोज एक्सपी चाहिँ प्रभावित नभएको बताइएको छ । मार्केटशेयरका अनुसार विन्डोज टेन अहिलेको सबैभन्दा लोकप्रिय डेक्सटप अपरेटिङ सिस्टम हो । कम्पनीका अनुसार हाल विश्वभरका ८० करोड भन्दा धेरै डिभाइस विन्डोज–टेनमै सञ्चालित भइरहेका छन् ।  सीएनएन 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC