site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलम्ची आयोजनाका स्थानीय ठेकेदारले दाबी गरेको रकम बुझ्न समिति गठन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सीएमसीबाट स्थानीयले ठेकेदारले पाउने रकम भुक्तानीका लागि समिति गठन गरेको छ ।

०७१ सालदेखि आयोजनामा काम गर्दै आएका स्थानीय ठेकेदार कम्पनी र निर्माण सामग्री सप्लायर्सहरुले सीएमसीले आफूहरुलाई करिब डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको दाबी गरेका छन् ।

०७५ पुस ३ गते उक्त कम्पनीले मेलम्ची आयोजनाको काम छोडेको थियो । बुधबार मन्त्रालयलमा छलफल गर्दै मन्त्री बिना मगरको उपस्थितिमा सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा गठन भएको समितिले स्थानीय ठेकेदार र व्यवसायीले दाबी गरेको बाँकी भुक्तानीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सीएमसीले आयोजनाको काम छोडेर हिँडेपछि हेडवक्र्स निर्माण र सुरुङ फिनिसिङको काम बाँकी रहेको छ । यो काम पूरा गर्नका लागि मेलम्ची खानेपानी विकास समितिले दुई महिनाअघि आह्वान गरेको बोलपत्रमा चीनको सिनो हाइड्रो कम्पनी छनोट भएको छ ।

कम्पनीसँग ठेक्का सम्झौता गर्न बाँकी रहेको समितिले बताएको छ । “कम्पनीले अब चाँडै नै काम सुरु गर्ने छ,” समितिका प्रवक्ता राजेन्द्र पन्तले भने, “सोही कम्पनीले हेर्डवक्र्स र सुरुङ फिनिसिङको दुईवटा प्रोजेक्ट बनाएर काम गर्ने छ ।”

Global Ime bank

आयोजनाका प्रमुख सूर्यराज कँडेलले हेडवर्क्स र सुरुङ फिनिसिङजस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको बताए ।
“अहिले नदी संरक्षण र सुरुङभित्र भेन्टिलेसन सफ्टको काम भइरहेको छ,” कँडेलले भने ।

मन्त्रीले फेरि दिइन् निर्देशन 

यही बुधबार खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा बैठकमा बोल्दै आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौं आइपुग्ने बताएकी थिइन् । एक हप्तापछि बुधबार मन्त्रालयमा छलफल राख्दै मन्त्री मगरले आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिइन् । 

मन्त्री मगरको उपस्थितिमा बुधबार सिंहदरबारमा सम्पन्न भएको बैठकले मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनास्थलमै खटेर मेलम्ची आयोजनाको काम अघि बढाउन निर्देशन दिएकी हुन् ।

आयोजनाका प्रमुख, समितिका अन्य पदाधिकारी र डिभिजनल इन्जिनियरहरु सहितको टोलीलाई आयोजनास्थलमा खट्न र आयोजनामा देखिएको अन्यौल हटाउँदै अघि बढ्न मन्त्रीबाट निर्देशन आएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC