अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः बढेको छ । बिहीबार (आज) छापावाल सुन प्रतितोला ७१ हजार ५ सय र तेजावी सुन प्रतितोला ७१ हजार २ सय पुगेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार (हिजो) प्रतितोला ७० हजार ३ सय रुपैयाँ थियो । विगत एक हप्तादेखि निरन्तर बढेको सुनको मूल्य हिजो केही घटेको भए पनि आज एकैदिन तोलामा १२ सय रुपैयाँ बढेको हो । मूल्य बढेसँगै बजारमा सुनको कारोबार एकदमै न्यून रहेको व्यापारीहरुले बताएका छन् ।
पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, व्यवसायीहरुबीचको द्वन्द्व र विश्व बजारमा सेयर बजार कमजोर भएको कारण सुनको मूल्य बढेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६ १२:२१
प्रतिक्रिया दिनुहोस्