site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
७३ औं स्वतन्त्रता दिवसमा बोल्दै मोदीले गरे काश्मीर मामिलाको बचाव
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीरमा संविधानको धारा ३७० खारेज गरेको प्रसंगको विहीबार ७३ औं स्वतन्त्रता दिवसका दिन लाल किल्लामा आयोजित समारोहमा बचाव गरेका छन् । उनले त्यहाँ प्रधानमन्त्रीको दोस्रो कार्यकालको पहिलो स्वतन्त्रता दिवसका अवसरमा आज बिहान तिरंगा फैलाएर मन्तव्य दिएका हुन् । 

प्रधानमन्त्री मोदीले आफ्नो मन्तव्यको शुरुवात रक्षाबन्धनको शुभकामना दिएर शुरु गरेका थिए । त्यसैगरी उनले बाढीका कारण देशमा परेको समश्याप्रति चिन्ता जनाउँदै देशको स्वतन्त्रताका लागि भूमिका खेल्नेहरुको याद गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री मोदीले काश्मीरको प्रसंगमा धारा ३७० हटाइनुको कारणबारेमा बताएका थिए । त्यसपछि आफ्नो दोस्रो कार्यकालको दश हप्ताको बीचमा नै तीन तलाक सम्बन्धी कानुन बनाएको, आतंक सम्बन्धी कानुनलाई बदलेर बलियो बनाएको र किसानलाई ९० हजार करोड ट्रान्सफर गर्ने काम गरेको जनाए । किसान र साना व्यापारीलाई पेन्सन, अलग जनशक्ति मन्त्रालय, मेडिकलसँग जोडिएको पढाइ लगायतका विषयमा भएको सुधारको उनले चर्चा गरेका थिए ।
उनले २१ औं शताब्दीमा भारतलाई कस्तो बनाउने भन्ने बारेमा आगामी ५ वर्षको खाका बनाइएको चर्चा गर्दै गएका ७० वर्षमा सरकारहरुले केही न केही गरेको भएपनि सोचेजस्तो नभएको जनाए । यस्तो बेलामा नयाँ शिराबाट सोच्नु जरुरी रहेको र जम्मु काश्मीर तथा लद्धाखका जनताको सपना पूरा होस् भन्ने आफ्नो दायित्व भएको जनाए । 

बितेका ७० वर्षमा काश्मीरमा आतंकवाद, अलगाववाद, परिवारवाद र भ्रष्टाचारलाई मजबुत बनाउने काम भएको उल्लेख गर्दै अब त्यहाँको अवस्था सुधार्न १३० करोड जनताले जिम्बेवारी वहन गर्नुपर्ने जनाए । 

Global Ime bank

उनले लाखौं मानिस विस्थापित भएर आएको र उनीहरुलाई मानवअधिकार नमिलेको चर्चा गर्दै आफू सबका साथ सबका विाकास मन्त्र लिएर गएको पाँच वर्ष अघि बढेको र अहिले जनताले सबको विश्वास पनि दिएको चर्चा गरे । 

उनले अहिले नागरिक एक देश, एक संविधान भन्ने अवस्थामा रहेको जनाउँदै धारा ३७०  र ३५ ए हटाउनु सरदार पटेलको सपना साकार गर्ने दिशामा अहम कदम भएको जनाए । 

उनले काश्मीर मामिलातर्फ सकेत गर्दै भनेका छन्, “जो मानिस यसको वकालत गर्छन् उनीहरुसँग देशले सोधीरहेको छ, यदि यो यति महत्वपूर्ण थियो भने ७० वर्ष सम्म भारी बहुमत हुँदा पनि त्यहाँ किन काम गरिएन ?”  (बीबीसी)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  ०९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC