site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मनमोहन अधिकारी साझा नेता हुन, साँघुरो दायराले नहेरियोस : कांग्रेस सांसद
Ghorahi CementGhorahi Cement

विराटनगर । प्रदेश १ मा कांग्रेस प्रमख सचेतक केदार कार्कीले कम्युनिष्ट नेता स्व. मनमोहन अधिकारी सबैको साझा नेता भएको चर्चा गर्दै उनको नाममा स्थापना गर्न लागिएको विश्वविद्यालयको दायरा साँघुरो नबनाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गर्न बनेको विधेयकमाथिको छलफलमा बुधबार प्रदेशसभामा बोल्दै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले मनमोहन अधिकारीको नाम र महत्वलाई नै ओझेलमा पार्ने गरी सरकारले विधेयक ल्याएको र यो आश्चर्यजनक भएको पनि बताए । 

Agni Group

कार्कीले भने,‘‘बहुदलीय आन्दोलनका अग्रणी नेता मनमोहन अधिकारी सबैको साझा हुनुहुन्थ्यो तर मनमोहन पोलिटेक्निकलाई नै विश्वविद्यालय बनाउने गरी यहाँ भने सरकारले साँघुरो दायरा बनाएर विधेयक ल्याएको छ ।’’  कार्कीले विधेयकका धेरै प्रावधानले पोलिटेक्निक र कुनै अमुक पार्टीका कार्यकर्ताको भरण पोषण गर्न लागेको जस्तो देखिएको दाबी गर्दै यो विधेयक सच्चिएर आउनु पर्ने माग गरे । 

पोलिटेक्निकका कतिपय संचालकलाई विश्वविद्यालयको आजीवन सदस्य बनाउने, गभर्नस बोर्ड र विश्वविद्यालय सभामा जसलाई पायो त्यसलाई राख्ने प्रावधान ठिक नभएको कार्कीको तर्क थियो । मोरङको बुढीगंगा गाउँपालिका २ हात्तीमुढामा पोलिटेक्निक सञ्‍चालनमा छ । कार्कीले अझ फराक दृष्टिकोणसहित विधेयक ल्याउन भन्दै सकेसम्म सरकारलाई यो विधेयक फिर्ता गर्न आग्रह पनि गरे । 

Global Ime bank

नेकपाका सांसद तुलसीप्रसाद न्यौपाने सरकारले सभामा प्रस्तुत गरेको विधेयकमा फरक मत राखेका छन् । न्यौपानेले भने,‘‘विश्वविद्यालयले उच्च शिक्षाको तहलाई मात्र समेट्ने विश्वव्यापी मान्यता छैन । माध्यमिक तहमा पनि शिक्षा प्रदान गर्ने कुरा नियम विपरीत हो ।’’ कांग्रेस सांसद शान्ता पौडेलले कार्यकर्ता भर्ती केन्द्र बनाउने गरी विधेयक आएको बताइन । छलफलमा सांसद राजेन्द्र राई र उमिता बराइली पनि सहभागी थिए । 

शून्य समयमा बोल्दै प्रदेश १ कांग्रेस सचेतक सूयर्माराज राईले सवारीचालक अनुमति पत्र वितवरण प्रक्रियालाई व्यवस्थित गर्न ड्राइभिङ स्कुलहरुलाई नै व्यवस्थित गरिनु पर्ने बताएका छन् । 

प्रदेशसभाको बुधबारको बैठकमा सचेतक राईले सवारी लाइसेन्स वितरण प्रक्रिया व्यवस्थित गराउन र जातीय छुवाछुत गर्नेलाई कार्वाही गर्न माग गरे । उनले भने, ‘‘ ड्राइभिङ स्कुलमा राम्रो तालिम दिने र तालिम लिएकाहरुलाई मात्र मापदण्ड बनाएर सवारी चालक अनमति पत्र लिने परीक्षामा सामेल गराउनु पर्छ ।’’ राईले,  ‘अव्यवस्थित रुपमा र रकम खाएर लाइसेन्स दिंदा हरेक वर्ष दुर्घटना दर बढेको’ दाबी गरे । सचेतक राईले दक्ष चालकहरुले मात्र सवारी कुदाए जथाभावी भैरहेको दुर्घटना नियन्त्रण हुनसक्ने भन्दै प्रदेश सरकारको ध्यानाकार्षण गराए ।

नेकपाका सांसद राजन राईले खोटाङ दिक्तेल नगरपालिका १ कोलेबाली गाउँका ७६ वर्षीय टंकप्रसाद आचार्यलाई छुवाछुतको अरोपमा समाजिक बहिष्कार गर्नेहरुलाई कारबाही गर्न माग गर्दै भने,‘‘दलितको सहभोजमा सहभागी भएका आचार्यलाई  समाजका व्यक्तिहरुले समाजिक बहिष्कार गरेका छन् ।’’ सांसद राईले गत जेठ १८ गते दलित सहभोजमा दही खाएको निहुँमा आचार्य बहिष्कारमा परेको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  २१:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC