site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
प्राच्य संस्कृतिमा पीपल

पौरस्त्य संस्कृतिमा वृक्ष वनस्पतिको ठूलो धार्मिक महत्त्व छ । अनेकौं वृक्षवनस्पति यस्ता छन्, जसमा साक्षात् देवीदेवताको बास रहने गरेको हाम्रो मान्यता छ । पीपल यस्तै एउटा वृक्ष हो । पीपललाई संस्कृतमा ‘अश्वत्थ’ भनिन्छ । पीपल नेपाल, भारत, श्रीलङ्का, चीन र इन्डोनेसियामा पाइने हाँगावाल ठूलो जातको वृक्ष हो । यसको पूmल बाहिर नदेखिने हुँदा यसलाई ‘गुह्यपुष्पक’ पनि भनिन्छ ।
दूध आउने अन्य वृक्षजस्तै पीपल पनि दीर्घायु हुन्छ ।

पीपलको फल बीउहरूले भरिएको र आकारमा बदाम जत्रै हुन्छ । तर यसबाट उत्पन्न वृक्ष भने विशाल हुन्छ । त्यसैले सानोबाट उत्पन्न विशाल वस्तुको दृष्टान्त दिनुपर्यो भने विभिन्न शास्त्रमा पीपललाई उल्लेख गरिएको पाइन्छ । यसका पातहरू सुन्दर, चिल्ला र कोमल हुन्छन् । वसन्त ऋतुमा यसमा राता–राता रङ्गका मुजुरा पलाउन थाल्छन् । पछि गएर यी मुजुराहरू केही हरिया हुन्छन् र तिनबाट हरिया पातहरू लहराउँछन् ।

शास्त्रीय दृष्टिले पीपललाई काट्नु निषिद्ध मानिएको छ । भनिन्छ, जसले पीपल काट्छ, त्यस व्यक्तिसँग लक्ष्मी रिसाउँछिन् र उसका घरमा सुख, शान्ति र समृद्धि समाप्त हुन्छ । पीपलको बुटोमा स्वयं माता लक्ष्मी र भगवान् विष्णुको निवास हुन्छ भन्ने धार्मिक विश्वास छ ।

Agni Group

प्राच्य संस्कृतिमा पीपललाई ‘देववृक्ष’ भनिएको छ । स्कन्द पुराणमा पीपलको फेंदमा विष्णु, शरीरमा केशव, हाँगाहरूमा नारायण र पातहरूमा श्रीहरिको निवास रहने कुरा उल्लेख छ । भगवान् अच्युत सबै देवताहरूसहित यसमा नित्य निवास गर्छन् । तसर्थ पीपल भगवान् विष्णुको जीवन्त र मूर्तिमान् स्वरूप हो । भगवान् कृष्णले गीतामा ‘म सबै वृक्षहरूमध्ये पीपल हुँ’ भनेका छन् । 

यसबाट पीपलको श्रेष्ठता सिद्ध हुन्छ । हिन्दू कर्मकाण्डको ग्रन्थ ‘व्रतराज’ मा ‘अश्वत्थोपासना’ अन्तर्गत पीपल उपासनाको महिमा र विधि उल्लेख छ । पीपल वृक्षको प्रार्थनाका लागि ‘अश्वत्थस्तोत्र’ पनि विशेष उल्लेखनीय मानिन्छ । श्रीमद्भागवतमा नारदले यसै बुटाको तल बसेर ध्यान गर्दा भगवान् नारायणको दर्शन पाएको र भगवान् श्रीकृष्ण द्वापर युगको अन्त्यमा पृथ्वीतल छोडेर गोलोक धाम जाँदा यही बुटाको तल बसेर ध्यानमग्न बनेको कुरा उल्लेख गरिएको छ । 

Global Ime bank

पीपलका हाँगाहरूमा दक्षिण दिशातिर शूलपाणि महादेव, पश्चिमतिर निर्गुण विष्णु, उत्तरतिर ब्रह्माजी र पूर्व दिशातिर इन्द्रादि देवता रहन्छन् । पीपलको पेंmद ‘अ’ काररूप, हाँगाहरू ‘उ’ काररूप र फल–पुष्प ‘म’ काररूप मानिन्छन् । यसरी अश्वत्थ वृक्ष ‘ॐ’ काररूप छ ।

पीपलको याज्ञिक र भौतिक महत्त्व
अथर्ववेदको उपवेद आयुर्वेदमा पीपलका औषधीय गुणहरूका बारेमा उल्लेख गर्दै यसबाट अनेकौं असाध्य रोगहरू निको हुने कुरा उल्लेख गरिएको छ । पीपलको बोट तल बसेर गरिने सबै किसिमका मन्त्र, जप र ध्यान सार्थक र शुभ हुने कुरा शास्त्रहरूमा उल्लेख छ । स्वस्थानी व्रतकथामा वृन्दाले भगवान् विष्णुलाई पीपलको बोट बन्ने श्राप दिएको कुरा उल्लेख छ । त्यसैले पीपलको पूजा गर्नाले लक्ष्मीसमेत प्रसन्न हुने धार्मिक मान्यता छ । शनिवारका दिन पीपलको बुटामा शनिको पूजा गरिन्छ । धार्मिक दृष्टिले पीपलको बुटोलाई अरू दिन छुनु हुँदैन । 

\"\"सोमवारे औंसीमा चाहिँ पीपलको विशेष पूजा गर्ने प्रचलन छ । यस दिन महिलाहरूले पीपलको पूजा गर्नुका साथै यसको १०८ परिक्रमा समेत गर्छन् । धार्मिक मान्यताअनुसार पीपलको वृक्ष लगाउने मान्छेको वंश परम्परा कहिल्यै नाश हुँदैन । त्यसैले मानिसहरू वर र पीपलका बोट रोपेर विवाह गराइदिन्छन् । यज्ञमा प्रयोग गरिने ‘उपभृत पात्र’ (दूर्वी, सुरो) आदि यसै बुटाको काठबाट बनाइने विधान छ । पवित्रताका दृष्टिले यज्ञमा उपयोग गरिने समिधा पनि आँप या पीपलकै हुनुपर्ने विधान छ । नवग्रहका समिधाअन्तर्गत बृहस्पतिका लागि पीपलको समिधा होम गर्नुपर्ने विधान पाइन्छ । पहिले पहिले यज्ञमा बाल्ने अग्नि उत्पन्न गर्नका लागि ऋषिहरूले पीपल र शमीको काठ रगडेर आगो निकाल्थे र यो आगोलाई निकै पवित्र मानिन्थ्यो । ग्रामीण क्षेत्रमा आज पनि तागत बढाउनका लागि पीपलका नयाँ कोपिला खाने चलन छ ।

हात्तीले पीपलका पात विशेष मन पराउँछ । अन्य जनावरले पनि पीपलका पात खान्छन् । पीपलको काठ अलिक कमजोर हुन्छ, त्यसैले यसलाई दाउरा बाल्न र अस्थायी काममा मात्र प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक औषधि निर्माणमा पीपलका विभिन्न अवयवहरू महत्त्वपूर्ण मानिएका छन् । रतन्धो रोग, मलेरिया, खोकी, दम, ठण्डी र टाउको दुखाइमा यसको औषधि सेवनबाट फाइदा पुग्छ । पीपलको फल, पात, चोप, बोक्रा, दाउरा र बीउको अलग–अलग औषधीय महत्त्व छ, जसबारे एउटा लामै लेख तयार हुन सक्छ ।

पीपल र पर्यावरण

पर्यावरणको शुद्धताका दृष्टिले पीपलको बोटलाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ । वैज्ञानिक शोधअनुसार पीपलले चौबीसै घण्टा जीवनदायी अक्सिजन ग्यास उत्सर्जन गर्छ । तसर्थ यसको भौतिक महत्त्व पनि उत्तिकै छ । 

बौद्ध धर्ममा पीपल

पीपल वृक्ष हिन्दू धर्ममा मात्र होइन, बौद्ध धर्ममा पनि उत्तिकै पूज्य छ । पीपललाई बौद्ध परम्परामा ‘बोधिवृक्ष’ भनिन्छ । भगवान् बुद्धको जन्म, ज्ञानप्राप्ति र धर्मचक्रप्रवर्तनसँग पीपलको बुटो सम्बन्धित छ । भारत आगराका एक जना बौद्ध विद्वान् मधुकर पिपलायनले ‘वंदामि बोधिवृक्षं’ शीर्षक एक पुस्तकको रचना गरेका छन्, जसमा बौद्ध धर्म र पीपलको बोटबीच रहेको निकट सम्बन्धको गहिरो विश्लेषण गरिएको छ । उनको पुस्तक सम्यक प्रकाशन दिल्लीबाट प्रकाशित भएको हो ।

पीपलसँग सम्बन्धित धार्मिक कृत्य

ज्योतिषशास्त्रमा पीपललाई गुरु अर्थात् बृहस्पति ग्रहको कारक मानिएको छ । त्यसैले चिनामा बृहस्पतिको स्थिति अशुभ छ भने पीपलको पूजा, अर्चना गर्नुपर्छ । शनिग्रहको दशा शान्तिका लागि पीपलको बुटा तल सस्र्यूंको तेलमा बत्ती बालिदिने चलन पनि छ । पीपलसँग सम्बन्धित केही धार्मिक विधानहरू निम्न छन्-  

 १. होलिका दहनभन्दा पहिले कुनै सघन पीपलको बुटोलाई एघार पटक उल्टो परिक्रमा गरी त्यसमा काँचो धागो लपेट्ने । पछि सस्र्यूंको तेलमा बत्ती बालेर पीपलका बुटामुनि छाडी चूपचाप घरतिर फर्किने । होलिका दहनका बेला अग्निको एघार पटक प्रदक्षिणा समेत गर्ने । कुनै पनि दुष्कर्मको प्रायश्चित्तका लागि यसलाई अत्युत्तम उपाय मानिएको छ ।

२. प्रत्येक शनिवार पीपलको प्वाल नपरेको एउटा सग्लो पातलाई आफूले पूजा गर्ने ठाउँमा वा पैसा राख्ने भाँडामा राखिदिने । अर्को शनिवार अघिल्लो पात शुद्ध ठाउँमा सेलाइदिने र अर्को नयाँ पात राख्ने । यसो गर्नाले धनलाभ हुन थाल्छ ।

३. पीपलका सुकेका समिधा प्रयोग गरेर हवन गर्नाले विभिन्न कष्टबाट छुटकारा पाइन्छ ।

४. मङ्गलबार र शनिबारका दिन पीपलको पातमा ‘राम’ लेखेर त्यसमा मिठाईको नैवेद्य अर्पण गर्ने र त्यो हनुमानजीलाई चढाउने हो भने मनका सकारात्मक कामनाहरू पूर्ण हुन्छन् ।

५. काँचो धागोलाई बेसारमा रङ्गाएर झम्म परेको पीपलको बुटोमा लपेटिदिने हो भने बृहस्पतिबाट उत्पन्न दोषहरू निवारण हुन्छन् ।

६. नुहाइसकेपछि हरेक दिन पीपलको बुटोमा जल चढाउनाले अतृप्त आत्माहरूको प्यास मेटिन्छ ।

७. यदि कन्याको चिनामा वैधव्य वा यस्तै नराम्रो योग छ भने ती कन्याले शुद्ध भएर पीपलको तल गोबरले लिप्ने, एउटा माटोको दियोमा गाईको घिउ राखी बत्ती बालिदिने, सेतो काँचो धागोले पीपललाई लपेटिदिने, पीपलको १०८ पटक परिक्रमा गर्दै ‘ॐ श्रीलक्ष्मीनारायणाभ्यां नमः’ मन्त्रको जप गर्ने । यसो गर्नाले अशुभ दोष निवारण हुन्छ ।

८. पीपलको तल शिवजीको प्रतिमा (मूर्ति) राखेर हरेक दिन धूप, दीप, नैवेद्य आदिद्वारा पूजा गर्दै ‘ॐ शिवाय नमः’ मन्त्रको जप गर्ने हो भने सुखशान्ति र धनवृद्धि हुन्छ । 

९. चिनामा शनिदोषका कारण जस्तोसुकै दशा भए पनि शनिबारका दिन पीपलको पूजा गरेर यसको तल बसी १०८ पटक ‘ॐ शं शनैश्चराय नमः’ मन्त्रको जप गर्ने हो भने कष्ट निवारण हुन्छ ।

१०. शनिबार र मङ्गलबार हनुमत् सहस्रनाम अथवा हनुमान् चालीसा पाठ गर्दै पीपलको प्रदक्षिणा गर्ने हो भने सबै किसिमका कष्टबाट निवृत्ति हुन्छ ।

अश्वत्थस्तोत्र

ब्रह्माण्ड पुराणमा ब्रह्माजीले नारदसँग अश्वत्थ–व्रत–पूजाको महिमा बयान गरेका छन् । ब्रह्माजीले नारदलाई बताएको पीपलको महिमा जसलाई ‘अश्वत्थस्तोत्र’ भनिन्छ, निम्न छ :

श्री नारद उवाच 
अनायासेन लोकोऽयम् सर्वान् कामानवाप्नुयात् । सर्वदेवात्मकं चैकं तन्मे ब्रूहि पितामह ॥ 
ब्रह्मोवाच 
श्रुणु देव मुनेऽश्वत्थं शुद्धं सर्वात्मकं तरुम् । यत्प्रदक्षिणतो लोकः सर्वान् कामान् समश्नुते ॥ 
अश्वत्थाद्दक्षिणे रुद्रः पश्चिमे विष्णुरास्थितः । ब्रह्मा चोत्तरदेशस्थः पूर्वेत्विन्द्रादिदेवताः ॥ 
स्कन्धोपस्कन्धपत्रेषु गोविप्रमुनयस्तथा । मूलं वेदाः पयो यज्ञाः संस्थिता मुनिपुङ्गव ॥ 
पूर्वादिदिक्षु संयाता नदीनदसरोऽब्धयः । तस्मात् सर्वप्रयत्नेन ह्यश्वत्थं संश्रयेद्बुधः ॥ 
त्वं क्षीर्यफलकश्चैव शीतलस्य वनस्पते । त्वामाराध्य नरो विन्द्यादैहिकामुष्मिकं फलम् ॥ 
चलद्दलाय वृक्षाय सर्वदाश्रितविष्णवे । बोधिसत्वाय देवाय ह्यश्वत्थाय नमो नमः ॥ 
अश्वत्थ यस्मात् त्वयि वृक्षराज नारायणस्तिष्ठति सर्वकाले । 
अथः श्रुतस्त्वं सततं तरूणम् धन्योऽसि चारिष्टविनाशकोऽसि ॥ 
क्षीरदस्त्वं च येनेह येन श्रीस्त्वां निषेवते । सत्येन तेन वृक्षेन्द्र मामपि श्रीर्निषेवताम् ॥ 
एकादशात्मरुद्रोऽसि वसुनाथशिरोमणिः । नारायणोऽसि देवानां वृक्षराजोऽसि पिप्पल ॥ 
अग्निगर्भः शमीगर्भो देवगर्भः प्रजापतिः । हिरण्यगर्भो भूगर्भो यज्ञगर्भो नमोऽस्तु ते ॥ 
आयुर्बलं यशो वर्चः प्रजाः पशुवसूनि च । ब्रह्म प्रज्ञां च मेधां च त्वं नो देहि वनस्पते ॥ 
सततं वरुणो रक्षेत् त्वामाराद्दृष्टिराश्रयेत् । परितस्त्वां निषेवन्तां तृणानि सुखमस्तु ते ॥ 
अक्षिस्पन्दं भुजस्पन्दं दुःस्वप्नं दुर्विचिन्तनम् । शत्रूणां च समुत्थानं ह्यश्वत्थ शमय प्रभो ॥ 
अश्वत्थाय वरेण्याय सर्वैश्वर्य प्रदायिने । नमो दुःस्वप्ननाशाय सुस्वप्नफलदायिने ॥ 
मूलतो ब्रह्मरूपाय मध्यतो विष्णु रूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः ॥ 
यं दृष्ट्वा मुच्यते रोगैः स्पृष्ट्वा पापैः प्रमुच्यते । यदाश्रयाच्चिरञ्जीवी तमश्वत्थं नमाम्यहम् ॥ 
अश्वत्थ सुमहाभाग सुभग प्रियदर्शन । इष्टकामांश्च मे देहि शत्रुभ्यस्तु पराभवम् ॥ 
आयुः प्रजां धनं धान्यं सौभाग्यं सर्वसम्पदम् । देहि देव महावृक्ष त्वामहं शरणं गतः ॥ 
ऋग्यजुःसाममन्त्रात्मा सर्वरूपी परात्परः । अश्वत्थो वेदमूलोऽसावृषिभिः प्रोच्यते सदा ॥ 
ब्रह्महा गुरुहा चैव दरिद्रो व्याधिपीडितः । आवृत्य लक्षसंख्यं तत् स्तोत्रमेतत् सुखी भवेत् ॥ 
ब्रह्मचारी हविष्याशी त्वदःशायी जितेन्द्रियः । पपोपहतचित्तोऽपि व्रतमेतत् समाचरेत् ॥ 
एकाहस्तं द्विहस्तं वा कुर्याद्गोमयलेपनम् । अर्चेत् पुरुषसूक्तेन प्रणवेन विशेषतः ॥ 
मौनी प्रदक्षिणं कुर्यात् प्रागुक्तफलभाग्भवेत् । विष्णोर्नामसहस्रेण ह्यच्युतस्यापि कीर्तनात् ॥ 
पदे पदान्तरं गत्वा करचेष्टाविवर्जितः । वाचा स्तोत्रं मनो ध्याने चतुरङ्गं प्रदक्षिणम् ॥ 
अश्वत्थः स्थापितो येन तत्कुलं स्थापितं ततः । धनायुषां समृद्धिस्तु नरकात् तारयेत् पितृन् ॥ 
अश्वत्थमूलमाश्रित्य शाकान्नोदकदानतः । एकस्मिन् भोजिते विप्रे कोटिब्राह्मणभोजनम् ॥ 
अश्वत्थमूलमाश्रित्य जपहोमसुरार्चनात् । अक्षयं फलमाप्नोति ब्रह्मणो वचनं यथा ॥ 
एवमाश्वासितोऽश्वत्थः सदाश्वासाय कल्पते । यज्ञार्थं छेदितेऽश्वत्थे ह्यक्षयं स्वर्गमाप्नुयात् ॥ 
छिन्नो येन वृथाऽश्वत्थश्छेदिता पितृदेवताः । अश्वत्थः पूजितो यत्र पूजिताः सर्वदेवताः ॥ 
॥ इति अश्वत्थ स्तोत्रं सम्पूर्णम् ॥

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC