site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
फेसबुकले प्रयोगकर्तालाई थाहा नदिइ अडियो च्याट सुन्छ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । फेसबुकले प्रयोगकर्तालाई थाहै नदिइ म्यासेन्जरमा गरिने अडियो च्याट सुन्ने गरेको खुलासा गरेको छ । यो खबर बाहिर आउनु अगाडि प्रयोगकर्ताहरु व्यक्तिगत च्याटमा आफूले गोप्य रुपमा बोलेका कुरा केबल मेसिन वा कसैले पनि सुन्न नसक्नेमा विश्वस्त थिए । तर फेसबुकले आफ्नो रेकर्डिङ फिचरको जाँच गर्नका लागि विभिन्न कन्ट्राक्टरहरुलाई प्रयोगकर्ताका अडियो च्याट सुन्न दिने गरेको स्वीकार गरेको छ । 

यसरी प्रयोगकर्ताका अडियो सुन्न कर्मचारी राख्ने फेसबुक चौथो प्रमुख कम्पनी रहेको छ । यसअघि एप्पल र अमेजोन पनि यस्तैगरी प्रयोगकर्ताका व्यक्तिगत रेकर्डिङ सुनेको आरोपमा विवादमा आएका थिए ।  अहिले विज्ञहरुले कम्पनीको त्यस्तो निर्णयको आलोचना गर्दै यसले प्रयोगकर्ताको गोपनियताको अधिकार उल्लंघन गरेको भनि विरोध जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गत अप्रिलमा मात्र अमेजोनले एलेक्साको गुणस्तर सुनिश्चित गर्न प्रयोगकर्ताले त्यसमा बोलेका कुरा मानव निरीक्षकहरुले जाँच गर्ने गरेको खुलासा गरेको थियो । जसमा थुप्रै देशका कन्ट्राक्टरले आफूले सुन्ने कतिपय रेकर्डिङ दुःखद र सम्भावित रुपमा अपराधिक हुने गरेको गुनासो गरेका हुन् । 

यसरी फेसबुकले आफ्ना प्रयोगकर्ताका सबै अडियो संवादहरु सुन्न मान्छे राख्दै आएकाबारे मंगलबार मात्र खुलासा गरेको हो । केही समय अगाडि मात्र फेसबुकले गोपनीयताको मुद्दामा अमेरिकाको फेडेरल ट्रेड कमिसनसँग पाँच अर्ब डलरको सम्झौता गर्नुपरेको थियो । यसैकारण मंगलबार कम्पनीको शेयरमा पनि १.६ प्रतिशतले गिरावट आएको बताइएको छ । फेसबुकका अनुसार पहिलोपटक सन् २०१५ मा प्रयोगकर्ताका गोप्य अडियो अरुलाई सुन्न दिइएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC