site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युरोपको आकाशमा नेपाली विमान छिट्टै : मन्त्री भट्टराई 
Ghorahi CementGhorahi Cement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्टै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन् । 

नेपाल चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्यन अडिटमा नेपालको अवस्था निकै राम्रो रहेकाले अब उडानमा रोक लगाउनु आवश्यकता नरहेको बताए । 

Agni Group

उडानमा लगाइएको रोक फुकुवा गराउने सम्बन्धमा आफूले छलफल र वार्ता गरिरहेको भन्दै उनले छिट्टै युरोपेली मुलुकको आकाशमा नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड विश्वमा सरदर ६० प्रतिशत रहेकोमा नेपालको ६६ दशमलब ५ प्रतिशत रहेकाले अब उडानमा रोक लगाउनुपर्ने कुनै औचित्य नरहेको बताए ।

ईयूले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाउँदै आएको छ । मन्त्री भट्टराईले हालै मात्रै हिमालयन एयरलाइन्सलाई चीनका थप गन्तव्यका लागि र श्री एयरलार्ई दिल्ली, कोलकोत्ता, अहमदावाद र ढाका उडानका लागि अनुमति दिएको जानकारी दिँदै सरकार सधैँ नीजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत अप्ठ्याराहरु खोल्न तयार रहेको बताए । 

Global Ime bank

उनले आन्तरिक उडानमा विदेशीले तिर्नुपर्ने शुल्कका बारेमा मन्त्रालयले छिट्टै सरोकारवालासँग छलफल गर्ने तयारी गरेको जानकारी पनि दिए । मन्त्री भट्टराईले नेपाल आउने पर्यटकको साथै सबै यात्रुको सम्मान होस् भन्नका लागि सबैमा सकारात्मक सोंचको विकास गराउने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने सबै क्षेत्र र तहका कर्मचारीलाई तालिम दिने तयारी मन्त्रालले गरेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC