देश
काठमाडौं । कालिकोटको पलाता गाउँपालिका वडा नं. ९ मा १५ शैय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराका स्वकीय सचिव निराजन बमका अनुसार गाउँपालिकामा सामान्य ज्वरो र टाउको दुख्दा सिटामोलसमेत पाउन कठिन पर्ने गाउँपालिकामा अस्पताल निर्माण हुने भएपछि कालिकोटबासी खुसी भएका छन् ।
२०७४ माघ १० गते बसेको मन्त्रीपरिषद् बैठकले कालिकोट जिल्लाको पलाता गाउँपालिकामा अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । सोहि निर्णयपछि अस्पतालको भवन निर्माणका लागि आवश्यक ५ रोपनी जग्गा माग गरिएको थियो । उक्त जग्गा निःशुल्क रुपमा सोही गाउँपालिकाका स्थानीय चक्र बम, राजबहादुर बम, हर्क बम र अर्जुन बमको परिवारले उपलब्ध गराएका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ १६:५४
प्रतिक्रिया दिनुहोस्