विदेश
विद्रोहीको नियन्त्रणमा रहेको पश्चिमोत्तर सिरियामा सत्ता समर्थक र विद्रोहीबीचको संघर्षका दौरान मंगलबार ६० लडाकु मारिएका छन् । सीरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले दक्षिणी इदलिब र ग्रामीण लटाकियामा मंगलबार सरकार समर्थक ३० सुरक्षा बल र ३० विद्रोही लडाकु मारिएका जनाएको छ ।
सिरियाको पूर्व अल–कायदा संगठनको नेतृत्व रहेको जिहादी समूह हयात तहरीर अल–शामले गत जनवरीबाट इदलिब प्रान्तका साथै छिमेकी हामा, अलेप्पो र लटाकिया प्रान्तका अधिकांश भाग नियन्त्रणमा लिएको छ । ती क्षेत्रमा कयौं अन्य सशस्त्र विद्रोही समूह पनि सक्रिय छन् ।
लाइभ हिन्दूस्तान
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६ १५:५०
प्रतिक्रिया दिनुहोस्