site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जुम्ला । छोरी जन्मेको भन्दै श्रीमती र नाबालक छोरीलाई छाडेर गएका श्रीमानको जिम्मा लगाइएको छ । जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५ वर्षीया पुतली महतारालाई स्थानीय प्रशासन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, गाउँपालिका र सरोकारवाला निकायको पहलमा घरमा फिर्ता गरिएको छ । 

अस्पतालमा बच्चा जन्मेपछि श्रीमान् वीरबहादुर बोहराले छोरी जन्मेको चित्त नबुझेपछि सुत्केरीलाई अस्पतालमै छाडेर उनी घरतिर लागेपछि सुत्केरी पुतली साहारा खोज्दै उनी एक स्थानीय सञ्‍चारमाध्यममा पुगेकी थिइन् । श्रीमानले छाडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जानसमेत कठिन भएपछि सो दिन पत्रकार र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको पहलमा अस्पतालमा आश्रयका लागि राखिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आपत्कालीन रुपमा उनलाई प्रतिष्ठानको इमर्जेन्सी विभागको ( अवजरवेसन) कोठामा राखिएको थियो  । पुतलीको आश्रय नै नभएपछि विशेष हेरचाहसहित निःशुल्क रुपमा राखिएको थियो । श्रीमानले छाडेर गएको खबर सरोकारवाला निकायले थाहा पाएपछि प्रहरीले बीरबहादुरलाई सदरमुकाम पुर्‍याएको थियो । गाउँपालिकाको सहयोगमा एम्बुलेन्समा घर फर्काइएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिइन् । 

पुतली बच्चा जन्माउनका लागि भर्ना हुन साउन ७ गते सदरमुकाम आएको र साउन १३ गते बच्चा जन्मिएको थियो । श्रीमानले अब राम्ररी मिलेर बस्ने र स्याहारसुसार गर्नेसमेत बताएका गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिए । उन तीन छोरा र तीन छोरी छन् । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC