site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नुवाकोट । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु २५ लाख उपलब्ध गराउने सहमति भएको छ । सहमति भएसँगै पीडित परिवारले शव बुझेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका-१ कोल्पुखोला किनारमा अवैधरुपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेर सोमबार स्थानीय १३ वर्षीया विनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका-३ की ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको थियो । पीडित परिवारले अवैध कार्यमा संलग्न व्यक्तिबाट उचित क्षतिपूर्ति भराउन माग राखेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अवैध बालुवा झिक्न प्रयोग भएको स्काभेटर धनी धादिङको धाक्रे गाउँपालिका-२ का रामकृष्ण रेग्मी, बालुवा झिक्न प्रयोग भएको खेतका धनी ओखरपौवाका मोहनकृष्ण श्रेष्ठ र बालुवा झिक्ने सोही स्थानका राजेन्द्र बलामीबाट क्षतिपूर्ति रकम भराउने सहमती भएको हो । 

पीडित परिवारलाई रेग्मीबाट रु ३३ लाख, श्रेष्ठबाट रु ११ लाख र बलामीबाट रु छ लाख क्षतिपूर्ति भराउने सहमति भएको छ । क्षतिपूर्ति रकममध्ये पीडित परिवारलाई आज रु एक-एक लाख उपलब्ध गराइएको छ । बाँकी रु २४ लाख ३५ दिनभित्र उपलब्ध गराउने सरोकारवालाबीच सहमति भएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले जानकारी दिए । - रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC