इभान पर्सिक एक वर्षका लागि बार्यन म्युनिखमा

इभान पर्सिक एक वर्षका लागि बार्यन म्युनिखमा

एजेन्सी ।  बार्यन म्युनिखले क्रोएसियाका विङ्गर इभान पर्सिकलाई इन्टर मिलानबाट एक वर्षको लागि लोनमा क्लबमा अनुबन्ध गरेको छ । 

आर्सनलले पर्सिकलाई गत जनवरीमा क्लबमा अनुबन्ध गर्न खोजेको थियो । तर त्यतिबेला पर्सिक म्यानचेस्टर युनाइटेडमा जाने चर्चा थियो । पर्सिक इन्टर मिलानमा आउनुभन्दा पहिला ब्रुसिया डोर्टमन्ड र वल्फबर्ग क्लबमा खेलेका थिए । 

उनले क्रोएसियालाई सन् २०१८ को विश्वकपको फाइनलमा पुर्‍याउन सहयोग गरेका थिए । फाइनलमा भने क्रोएसिया स्पेनसँग पराजित भएको थियो । “म जर्मनीमा फर्किन पाउँदा निकै खुशी भएको छु, बार्यन युरोपको उत्कृष्ट क्लब हो,” पर्सिकले भने ।

“हामी बुन्डेललिग अनि डीएफबीमात्र नभई च्याम्पियन लिगका लागि पनि मिहिनेत गर्नेछौँ,” पर्सिकले थपे । - बीबीसी

प्रतिकृया दिनुहोस
ad