site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपथ्यको इद र जनैपूर्णिमा दोहामा
Ghorahi CementGhorahi Cement

काठमाडौं । दोहाको ‘एसियन टाउन एम्पिथिएटर’को मञ्चमा आइतबार बेलुकी चढ्ने बित्तिकै हजारौं दर्शकको कोलाहलका बीच नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुरुमा एकछिनसम्मै चन्द्रमातर्फ हेरे ।

"बहुसाँस्कृतिक विविधताले यो संसारलाई नै एउटा रमाइलो गाउँ बनाएको छ," आकाशतिर सोझिएको नजर अगाडिको दर्शक दिर्घामा घुमाउँदै उनले भने, "आफ्नो कक्षमा बाह्रौ दिन यात्रा गरेपछि यो चन्द्रमाले मुसलमान समुदायमा इद पर्व ल्याइरहेको छ भने अबको तीन दिनमा यसै चन्द्रमाले पूर्ण आकार लिएर हाम्रो हिन्दूबहुल नेपाली समुदायमा भने जनैपूर्णिमा ल्याइदिनेछ ।"

Agni Group

इद र जनैपूर्णिमा दुबैको सामूहिक शुभकामना दिँदै अमृत गुरुङले जनैपूर्णिमाको दिन लाङटाङको गोसाइकुण्डमा लाग्ने मेलाको परिवेश सम्झँदै त्यसै क्षेत्रबाट संकलन गरेर तयार पारेको गीतबाट कन्सर्ट सुरु गरेँ । त्यसपछि जसै दोहाको उखरमाउलो गर्मीमा अमृतले ‘भेँडाको उनजस्तो’ गाउन सुरुगरे, गीतले हजारौं दर्शकहरुमा उत्साहको सञ्चार गराएको देख्न सकिन्थ्यो ।

त्यसपछि कन्सर्टमा लगातार नेपथ्यका गीतहरु ‘छेक्यो छेक्यो’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’ जस्ता गीतहरु बजेका थिए । त्यसपछि भने अमृतले कतारमा संघर्ष गरिरहेका तन्नेरीहरुलाई समर्पण गर्दै उनीहरुका प्रियहरुको सन्देश स्वरुप सुनाए , ‘मै मरि जाउँला जीवन छोट्टो छ’, ‘लेखेको सम्झना चेत्तेर नफाल’, ‘सिरानमा फोटो छ’ ।

Global Ime bank

केहि वर्षअघि तयार पारेको यो गीतलाई नेपथ्यले रोजगारीका निम्ति विदेशीएका नेपाली कामदारहरुमै समर्पित गर्दै म्यूजिक भिडियो तयार पारेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC