अब ग्लोबलको क्रेडिट कार्ड अनलाइनमार्फत

अब ग्लोबलको क्रेडिट कार्ड अनलाइनमार्फत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी क्रेडिट कार्डको आवेदन अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको छ ।  यसका साथै ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी पनि अनलाइन प्रणालीको माध्यमबाट पाउन सकिने जनाएको छ ।

क्रेडिट कार्ड लिन इच्छुक ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट www.globalimebank.com मा गई आवेदन दिन सकिने छ ।
 

प्रतिकृया दिनुहोस
ad