site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेशको अधिकारमाथि कुठाराघात गरेको होइनः मन्त्री पण्डित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रदेश मन्त्रालयमा सचिव सङ्घबाट खटाउने कि प्रदेश निजामती सेवाको हुने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदबीच नै मत बाझिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा भइरहेको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र  सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी छलफलमा प्रदेश मन्त्रालयको प्रमुख सचिव र सचिव सङ्घबाट खटाउने गरी सरकारले गरेको प्रस्तावमा नेकपाका सांसद दुई धारमा विभाजित भए । 
बैठकमा सांसद यशोदा सुवेदी, रेखा शर्मा, महेश्वरजङ्ग गहतराज, पम्फा भुसालले यो विधेयक विगतको कर्मचारी समायोजन ऐन विपरीत भएको जनाउँदै केन्द्रबाट र प्रदेशबीच सङ्घबाट सचिव खटाउँदा मात्र समन्वय र सम्पर्क कायम हुन्छ भन्ने मतसँग सहमत हुन नसकिने धारणा राखे । प्रदेशलाई अधिकार दिने हो भने केन्द्रबाट कर्मचारी लाद्न हुँदैन भन्दै उनीहरुले प्रदेश निजामती सेवाकै कर्मचारी तत् प्रदेशको सचिव राख्नै पर्ने ढङ्गबाट विधेयक परिमार्जन र पुनःलेखन गरेर ल्याउन मन्त्रालयलाई सुझाव दिए । 

सांसदहरु नवराज सिलवाल, रामकुमारी झाँक्री, झपटबहादुर रावललगायतले प्रदेश आफैं सक्षम भएपछि थप अधिकार प्रदान गर्ने गरी अहिलेलाई केन्द्र र प्रदेशबीच समन्वय तथा सम्पर्क सहज तुल्याउन सङ्घबाटै प्रदेश सचिव खटाउने प्रावधानसहित सरकारले ल्याएको विधेयकलाई समर्थन गरेर जानको विकल्प नरहेको धारणा राखे । 
सङ्घबाट खटाइएको सचिव प्रदेश सरकार मातहत रहने र कार्यमूल्याङ्कन त्यही हुने भएकाले प्रदेश कानून नबनाउन्जेल मात्रै खटाउने भन्ने विषयलाई संविधान र सङ्घीयता विपरीतको भावनाका रुपमा तर्क गर्न नहुने उनीहरुको तर्क थियो । हाम्रो सङ्घीयताको ढाँचा भनेको स्वायत्त र स्वतन्त्र नभई तहगत अन्तर सम्बन्ध रहेको बताउँदै उनीहरुले सरकारले ल्याएको विधेयक ठीक छ भनी बचाउ गरे । 

बैठकमा सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री  लालबाबु पण्डितले संविधानको भावना  र अहिलेको आवश्यकताबीच तालमेल हुने गरी प्रदेशको प्रमुख सचिव र सचिव सङ्घीय पद हुने प्रावधान राखेर विधेयक ल्याएको स्पष्ट पारे । 
रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC