site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
खाडीविरुद्धको गठबन्धनमा इजरायली संलग्नता अस्वीकार्य : इराक
Sarbottam CementSarbottam Cement

इराकले होर्मुज स्ट्रेटमा पानीजहाजलाई जोगाउनका लागि बनाउन लागिएको खाडीविरुद्धको गठबन्धनमा इजरायली जलसेनाको सहभागिता स्वीकार्य नहुने बताएको छ ।

इराकका विदेशमन्त्री मोहम्मद अली अल-हाकिमले सामाजिक सञ्‍जालमार्फत् सोमबार 'अरेबियन खाडीमा कुनै पनि किसिमका पानी जहाजलाई जोगाउन इजरायली सेनाको कुनै पनि किसिमको सहभागिता स्वीकार्य नहुने' बताएका हुन् । उनले भनेका छन्, "खाडी मुलुकहरुले पानीजहाजको बाटो सामूहिक रुपमा सुरक्षा प्रदान गर्नेछन् ।"

इराकले शान्तिपूर्ण संवादमार्फत यस क्षेत्रमा बढिरहेको तनावपूर्ण स्थितिलाई कम गर्न पहल गर्ने उनले दाबी गरेका छन् । उनले थपेका छन्, "यस क्षेत्रमा पश्चिमी शक्ति राष्ट्रहरुले तनाव सिर्जना गराएका छन् । त्यसको शान्तिपूर्ण संवादमार्फत् समाधानका लागि इराकले पहल गर्नेछ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाले इरानको ड्रोन खसालेपछि र खाडीमा तेल ट्‍यांकरहरु नियन्त्रणमा लिएपछि यस क्षेत्रमा तनाव बढेको थियो । वासिङ्टन तथा अरब समर्थक राष्ट्रहरुले इरानले तेल ट्‍ंयाकरमा आक्रमण गरेको आरोप लगाएका छन् भने इरानले उक्त आरोप अस्वीकार गरेको छ । 

संयुक्त राज्य अमेरिकाले खाडी क्षेत्रमा स्वतन्त्रताको ग्यारेन्टीका लागि अन्तर्राष्ट्रिय भेला गर्न चाहेको छ । इजरायलले भने आफ्नो सेना खटाउने अथवा नखटाउने भन्‍ने विषयमा कुनै औपचारिक घोषणा गरेको छैन । यद्यपि इजराइली सञ्‍चारमाध्यमहरुले भने सेना परिचालन हुनसक्ने जनाएका छन् । 

Global Ime bank

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एकल निर्णय गर्दै इरान र विश्व शक्तिबीच भएको न्युक्लियर सम्झौताबाट बाहिरिने निर्णय गरेसँगै तेहरान र वासिङ्टनबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । अमेरिकाले अहिले इरानमाथि प्रतिबन्धसमेत लगाएको छ ।

अमेरिकाले चाहेको अन्तर्राष्ट्रिय गठबन्धन बन्‍ने हो भने हरेक राष्ट्रले व्यापारिक प्रयोजनका पानीजहाजहरुमा सेनाले स्कर्टिङ प्रदान गर्नेछन् । जसलाई अमेरिकी सेनाको साथ रहनेछ । अमेरिकी सेनाले हवाइ निगरानी र अवस्थाअनुसार अप्रेसन कमाण्ड गर्नेछन् । 

अमेरिकाको उक्त प्रस्तावमा बेलायतको समर्थन रहे पनि अन्य युरोपियन मुलुकहरुले भने समर्थन जनाएका छन् । उक्त गठबन्धनले इरानसँगको सम्झौतामा हानी हुने भयले अन्य युरोपियन राष्ट्रहरुले भने समर्थन जनाएका छैनन् । 

सबैभन्दा पहिले अमेरिकाको नेतृत्वमा बन्‍ने उक्त गठबन्धनमा सामेल हुन नसक्‍ने जर्मनीले बताएको थियो । जर्मनीले अमेरिकी जलसेना मिसनले आर्थिक वृद्धि रोक्ने जनाउँदै अमेरिकी नेतृत्वको गठबन्धनमा सामेल हुन नसक्ने जनाएको हो । 

यसअघि बिहीबार इरानमा रक्षामन्त्री अमिर हाटामीले खाडीविरुद्ध अमेरिकी नेतृत्वमा बन्‍ने गठबन्धनले 'असुरक्षा बढाउने' र कुनै पनि किसिमको इजराइली संलग्नताले यस क्षेत्रमा 'विपत्ति निम्त्याउने' बताएका थिए ।
अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC