अभिनेत्री बन्ने सपना नै थिएनः कृति खरबंदा

अभिनेत्री बन्ने सपना नै थिएनः कृति खरबंदा

बलिउड अभिनेत्री कृति खरबंदा उनको अभिनय र स्टाइल स्टेटमेन्ट तथा फिटनेसका कारण चर्चामा छिन् । उनले विक्रम भट्टको चलचित्र ‘राज रीबूट’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो चलचित्रपछि उनले पछि फर्केर हेर्नु परेको छैन । अहिले उनी बलिउडकी एक व्यस्त अभिनेत्रीमा पर्छिन् ।

उनी पछिल्लो समय ‘हाउसफुल ४’,‘पागलपन्ती’, ‘चेहरे’ र तामिल चलचित्र ‘वान’ को सुटिङमा व्यस्त छिन् । यति धेरै व्यस्त अभिनेत्रीमा परेपनि कृति अभिनेत्री बन्ने सोच नभएको बताउँछिन् ।

एक अन्तर्वार्तामा उनले भनिन्, “मलाई अभिनेत्री बन्ने कहिले इच्छा नै थिएन । अभिनयमा लाग्नुको साटो म विवाह गरेर बच्चा स्याहारेर बस्न चाहन्थेँ ।” तर अहिले भने उनलाई विवाहको बारेमा कुरा गर्न र सुन्न पनि मन छैन । कोही आफन्त विवाहको कुरा गर्न आएको पनि मन नपर्ने उनले बताइन् ।

उनले दक्षिण भारतीय चलचित्रबाट अभिनयमा पाइला टेकेकी हुन् । चलचित्र चेहरे मा उनी बलिउडका हस्ति अमिताभ बच्चनसँग पहिलो पटक स्क्रिनमा देखा पर्दैछिन् ।

नवभारत टाइम्स

प्रतिकृया दिनुहोस
ad