सन्दीपले पाए भिसा, ‘मिस कम्युनिकेसन’ भयोः दूतावास

सन्दीपले पाए भिसा, ‘मिस कम्युनिकेसन’ भयोः दूतावास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा प्रदान गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले सन्दीपले भिसा पाएको पुष्टि गरे । यसअघि आज बिहान अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यसपछि सन्दीपले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

सिवाकोटीका अनुसार सन्दीपलाई अन्तरवार्ता लिने दूतावासका अधिकारीले क्रिकेट नबुझेको र ‘मिस कम्युनिकेसन’ भएको हुनसक्ने बताएका थिए । 

Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents

— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019
प्रतिकृया दिनुहोस
ad