site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्मला पन्तको घटनामा सिंहदरबार जोडियोः कांग्रेस सांसद कँडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले निर्मला पन्तको घटना सिंहदरबारभित्रैका जनप्रतिनिधिबाट घटेको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद कँडेलले नमिता, सुनिता राजभण्डारी प्रकरणमा दरबार जोडिएजस्तै निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा सिंहदरबार जोडिएको आरोप लगाए । 

नमिता सुनिता काण्डको चर्चा गर्दै उनले भने, “हिजो श्रीपेचका आडमा दरबारमा पहुँच भएका पोखरामा हिजो बलात्कार र हत्या गरियो भने आज बिना श्रीपेचका सिंहदरबारका जनप्रतिनिधिबाट यो घटना घटेको मैले महसुस गरेको छु ।” 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै उनले निर्मलाको घटनासँग सम्बन्धित रहेर गृहमन्त्री रामबहादुर थापाले यस्ता घटना विगतमा पनि थिए, अहिले पनि छ र भोलि पनि केही समयसम्म रहिरन्छ भनेर दिएको अभिव्यक्तिमाथि प्रश्न पनि गरे । उनले गृहमन्त्रीले दिएको सो अभिव्यक्ति सार्वजनिक रुपमा फिर्ता लिनुपर्ने माग गरे । उनले एक वर्ष वितिसक्दा पनि निर्मला हत्याकाण्डका दोषी पत्ता नलागेको भन्दै सरकारको आलोचना पनि गरे । 

निर्मला हत्याकाण्डमा सिंहदरबार जोडिएको भन्ने सांसद कँडेलको अभिव्यक्तिमा सत्तारुढ दल नेकपाकी सांसद शान्ता चौधरीले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरिन् । त्यसलगत्तै कांग्रेस सांसद मिनबहादुर  विश्वकर्माले सांसद चौधरीले नियमापत्ति नगरेको र संसदमा एउटा सांसदले बोलेको कुराको जवाफ दिएर जुहारी गराउन नमिल्ने बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १४:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC