प्रथम एसीई स्नुकर भदौमा 

प्रथम एसीई स्नुकर भदौमा 

काठमाडौं । प्रथम एसीई स्नुकर च्याम्पीयनसिप भदौ अन्तिम साताबाट सुरु हुने भएको छ । आयोजकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रथम स्नुकर च्याम्पीयनसिप भदौ २९ गतेबाट असोज ११ गतेसम्म चल्ने जानकारी दिएको छ । उक्त च्याम्पीयनसिपमा देशभरबाट १ सय २८ खेलाडी सहभागि हुनेछन् । 

प्रथम हुनेले १ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी पुरस्कार पाउनेछ । दोस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउँदा तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ । 
 

प्रतिकृया दिनुहोस
ad